माओवादीका नेता कृष्ण बहादुर महराले गृह मन्त्रालको जिम्मेवारी लिएपछि प्रहरी प्रशासनमा भुईँचालो आएको छ ।
गृह मन्त्रालयको जिम्मेवारी लिएलगत्तै सरुवा आतंकले प्रहरीभित्र खैलाबेला मच्चाएको थियो । अहिले फेरि महराले क्षेत्रीय प्रहरी प्रमुखको जिम्मेवारी एआईजी ९अतिरिक्त प्रहरी महानिरीक्षक० हरूलाई दिने तयारी प्रहरी प्रशासनभित्र असन्तुष्टि पैदा गराएको छ। डीआईजी दर्जाका अधिकृतले क्षेत्रीय प्रहरी प्रमुखका रूपमा नेतृत्व गरिरहेकामा गृहमन्त्री कृष्णबहादुर महराले मन्त्रिस्तरीय निर्णय गरेर एआईजीहरूलाई क्षेत्रमा पठाउने निर्णय गरेका छन् । यो निर्णयका कारण क्षेत्र जान पाउने भएकाले एआईजीहरू प्रसन्न देखिएका छन् । क्षेत्रीय जिम्मेवारी सम्हाल्दै आएका पाँच र मुख्यालयका गरी ३२ डीआईजी भने असन्तुष्ट रहेको स्रोतको दाबी छ ।राजनीतिक संक्रमणको फाइदा उठाउँदै आपराधिक समूहले चलखेल गर्ने संकेत पाइएकाले प्रहरी महानिरीक्षककै आग्रहमा एआईजीहरूलाई क्षेत्रमा पठाउने निर्णय गरिएको शाहले बताए । उनका अनुसार एआईजी पठाउने निर्णय भए पनि कसलाई कहाँ पठाउने जिम्मा भने महानिरीक्षकबाट हुनेछ । प्रहरीमा सात एआईजी छन् । तर पाँच क्षेत्र, महानगरीय, सचिवालय र प्रतिष्ठानमा गरी आठ एआईजी प्रहरीको संगठनलाई चाहिने देखिन्छ । जसअनुसार नपुग भएका एआईजीको दरबन्दी थपेर त्यसमा हाल बहाल एक डीआईजीलाई बढुवा गर्ने रणनीति भएको अनुमान स्रोतले गरेको छ ।

No comments:
Post a Comment