5/21/2011

सिंगापुरमा बस्ने नेपाली फन्दामा

सिंगापुरमा गैरकानुनीरुपमा बसोबास गर्दै आएका नेपालीहरु पक्राउ परेका छन् ।  सिंगापुरको इमिग्रेशन एण्ड चेकप्वाइन्टका अधिकारीहरुले  पक्राउ गरेका ४८ जनामध्ये केही नेपालीहरु रहेको बताइएको छ । नेपाली बाहेक भारत, चीन, बंगालादेशका नागरिक पनि पक्राउ परेका छन् । गैरकानुनीरुपमा बसोबास गरिरहेकाहरुलाई काममा लगाउने ६ जना सिंगापुरका नागरिकहरु पनि पक्राउ परेका छन् । पक्राउ परेका नेपालीहहरुसहित सबैलाई प्रहरीले अनुसन्धान गरिरहेको छ । गैरकानुनी रुपमा बसोबास गर्नेहरुमाथि ६ महिना सम्मको जेल सजाय हुने सिंगापुरको कानुनमा व्यवस्था छ ।

No comments:

Pages