जापानमा कामदार पठाउनका लागि नयाँ मेनपावरलाई सुचीकृत गर्न सिफारिस गरिने भएको छ ।
आवेदन दिएका मेनपावरहरुको मुल्यांकन पश्चात सुचीकृतका लागि सिफारिस गरिने छ । वैदेशिक रोजगार विभागले जापान इन्टरनेसनल कर्पोरेसन कोअपरेसन अर्गनाइजेसन जिट्कोलाई सिफारिस दिनका लागि गृहकार्य भइरहेको जनाएको छ । नयाँ सुचीकृत हुन चाहने मेनपावरको निवेदनमाथि अध्ययन गरि करिब २ हप्ता भित्र मुल्याकंन गरिने विभागले जानकारी दिएको छ । मुल्यांकन समितिले छलफल पश्चात टुङ्गो लगाएपछि जिट्को समक्ष सिफारिस दिन्छौं, बैठक चलिरहेको छ, उनले भने । विभागका अनुसार जिट्कोमा सुचीकृत हुन मेनपावरले गत पुसमा आवेदन दिएका थिए । जिट्कोको निर्देशिका अनुसार सुचीकृत हुन वैदेशिक रोजगार व्यवसाय सञ्चालन गरेको कम्तिमा ३ वर्ष पुरा भएको, नेपालका ५ वटै विकास क्षेत्रमा शाखा खोलेको वा एजेन्ट नियुक्ती गरेको, संख्यात्मक र गुणात्मकरुपमा बैदेशिक रोजगारमा बढि कामदार पठाएको, सरकारलाई बढि राजस्व बुझाएको, सेवा सुविधा र प्रवर्द्धन खर्च कम लिइ वैदेशिक रोजगारमा पठाएकोलगायतका आधारमा छनौट गरिने प्रावधान रहेको छ ।जिट्कोमा गत वर्ष १ सय ७१ वटा कम्पनी सुचीकृत भएका थिए । तीमध्ये ११७ वटा कम्पनीले मात्र यसवर्ष नविकरण गरेका छन् ।
No comments:
Post a Comment