5/21/2011

एक नेपालीको मृत्यू

दोहा– बैदेशिक रोगजारीका शिलशिलामा २२ महिनादेखि कतारस्थित एक स्थानीय कम्पनीमा स्काफोल्डरको रुपमा कार्यरत जलथला ५ झापाका लक्ष्मी प्रसाद खतिवडाको गत शनिवारका असामयीक निधन भएको छ ।
२५ वर्षिय  खतिवडाको वेलुका ८ वजे अचानक वेहोश भई मृत्यू भएको उनका सहकर्मीले बताएका छन् । उनी दिन भरी डिउटी गरेर आएपछि ‘आज धेरै नै डिउटी गरियो’ भन्दै क्याम्पको सिंडी चढने क्रममा अचानक वेहोश भई ढलेका थिए । वेहोश भएपछि उनले शरिर तन्काएर शिर वटारेको उनका साथीहरुले वताए । उनलाई तुरुन्त कम्पनीको क्लिनिकमा उपचार गर्न लैजाँदा क्लिनिकमै मृत्यू भएको हो । मृतक खतिवडा ब्लडप्रेसरको रोगी थिए । हाल मृतकको शव हमाद हस्पिटलमा राखिएको जीवन पौडेल जानकारी दिएका छन् ।

No comments:

Pages