नेपालमा जापानी भाषाको विकास, विस्तार र गुणस्तरीय पठनपाठन गर्ने उद्देश्यले स्थापित जापानीज भाषा स्कुल सङ्घ नेपाल सञ्चालनमा आएको छ।
नेपालका लागि जापानी राजदूत मिजुनो ताचुओले सो विद्यालयको उद्घाटन गर्दै जापानको अध्ययन तथा भ्रमणमा जाने नेपालीलाई जापान जानुअघि जापानी भाषा सिकेर गए धेरै सजिलो हुने धारणाा व्यक्त गर्नुभयो। उहाँले जापानमा गएर नियम कानुन पालनाको बारेमा नेपालीहरूले धेरै कुरा सिक्न सक्छन् भन्दै यी महत्वपूर्ण कुरा नेपालमा पनि लागु गर्न नेपाली युवाहरूलाई आग्रह गर्नुभयो।
जापानी भाषा स्कुल सङ्घका अध्यक्ष सुनिल बज्राचार्यले सभापतित्वमा भएको सो समारोहमा सङ्घका महासचिव झमकलाल श्रेष्ठले नेपाल–जापानबीचको मित्रता गाढा रहेको चर्चा गर्नुभयो।
No comments:
Post a Comment