5/21/2011

अब म्याद थपेर आलोपालो लुट्ने रे

जेठ १४ नजिकिदै जाँदा संबिधान जारी नहुने पक्का भएपछि सरकार सञ्चालक एमाले र माओवादी एक गुटहरु संबिधानसभाको म्याद थप्नुपर्नेमा जोड दिइरहेका छन् भने
सत्ता बाहिर रहेका प्रमुख दल काँग्रेस र मधेसवादी लगायतका अन्य साना दलहरु संबिधानसभाको म्याद थप्नुनहुने शर्तमा बन्द, हडताल र अनसन गर्दै असन्तुष्टि देखाउँदै आएका छन् तर यी सबै कुरा नाटकीय छन् जनताका अगाडी । अहिले दलहरुका नेताहरु आफूले के पाउने भन्ने शर्त तेर्साएर गोप्य सहमतिको दौडधुपमा व्यस्त छन् ।माओवादी अध्यक्ष पुष्पकमल दाहालको जेठ १४ अघि सरकार परिवर्तनको सम्भावना नभएको उल्लेख गर्दै संविधानसभाको म्याद थपिसकेपछि आलोपालो सरकार चलाउ सकिने शतले सबै दलहरु लोभिएका छन् । याकी दाहाललाई पनि प्रधानमन्त्रीको कुर्सी हात पार्नुछ ।दाहालले संविधानसभाको म्याद थप्न कुनै पनि सर्त राख्न नहुनेमा जोड दिएका छन् । अहिले गणितीय भन्दा पनि सत्ता लोभको खेलमा संबिधानको म्याद थप्ने तयारीमा सत्तारुढ दलहरु कसरत गरिरहेका छन् ।शान्ति प्रक्रिया र संविधान लेखन अघि बढाउन कांग्रेस र मधेसी मोर्चासँग पनि भागबण्डाकै समझदारी र सहमति गर्नुपर्ने दाहालको ठम्याई छ ।

समायोजनमा जाने लडाकुको संख्याबारे ठूलो मतभिन्नता नभएको जनाउँदै राजनीतिक सहमतिका आधारमा सेनाअन्तर्गत हुने महानिर्देशनालयको नेतृत्वका विषयमा सहमति हुने कुरामा माओवादीलाई मन्जुर रहेको दाहालले बताएका छन् ।

No comments:

Pages