5/21/2011

भट्ट र पोखरेलद्वारा ६ वटा टिकट प्रदान

रवि रोषी, दोहा– विभिन्न कारणबाट दुख पाएर कतारमा अलपत्र परेका नेपालीहरुलाई सहयोग गर्ने  लगायत विभिन्न सामाजिक क्षेत्रहरुमा सहयोग गर्ने क्रममा कतारमा रहने नेपाली यूवाहरुको जमात हालका दिनहरुमा कतारमा नमूना बन्दै गइरहेका छन् ।
उनीहरुको आम्दानीको श्रोत व्यवसायीहरुको आम्दानी बढेजस्तै ह्वात्तै बढ्ने जस्तो प्रकृतिको पनि हुँदैन । कतारको मामलामा कम्पनीले तोकेको निश्चित तलवमानमा चित्त बुझाएर बस्नुपर्ने अवस्थाका औसत दर्जाका नेपाली यूवाहरुले अहिले आर्थिक, भौतिक तथा सामाजिक क्षेत्रमा योगदान पु¥याउने क्रममा बढोत्तरी हुँदै गएको छ । यस्तै एक उदाहरणीय काम गरेर बाग्लुंग वलेवा पैँयुँ पाटाका रमेश भट्ट र इटहरी सुनसरीका चानक पोखरेल अहिले सवैको कृतज्ञताका पात्र बनेका छन् ।

यी दुई युवाहरुले कतारको विभिन्न कम्पनीमा आएका ६ जना नेपालीहरु ९जो स्पोन्सरले भिसा नलगाईदिएको, पासपोर्ट डिपोजिट नगरिदिएको जस्ता लगायतका विभिन्न कारणबाट पक्राउ परी जेलमा परेका छन्० लाई नेपाल जाने फिर्ती टिकट उपलव्ध गराएका छन् । भट्टले कतारस्थित प्रगतीशील यातायात मजदुर मञ्चको अध्यक्ष, जनप्रगतीशील मञ्चका सहकोषाध्यक्ष, वाग्लुङ सेवा समितीको सल्लाहकार समेत रही सेवा पु¥याउँदै आएका छन् भने अर्का यूवा चानक पोखरेल पनि मोरङ सुनसरी प्रवासी सेवा समाज, लोकतान्त्रिक मञ्च लगायतका सकृय संस्थासंग आवद्व छन् ।

सो टिकट यूवा समाजसेवी भट्ट र पोखरेलद्धयले कतारस्थित नेपाली दुतावासका महामहिम राजदुत डा। सुर्यनाथ मिश्रसमक्ष दुतावासका कर्मचारी तथा पत्रकारहरुको रोहवरमा हस्तान्तरण गरेका थिए । जेलमा रहेका नेपालीहरुलाई जेलका सम्बन्धित अधिकारीहरुले छानवीन गरी निज ६ जनालाई टिकट उपलव्ध गराएमा नेपाल फिर्ता पठाउने जानकारी दुतावासलाई प्राप्त भएपछि पिडितहरुलाई टिकट प्रदान गरेको भट्टले बताए ।

कतारको हकमा हालका दिनहरुमा निश्चित तलवमानको जागीर खाँदै आएका यूवा जमातहरुमा पनि समाजप्रति पलाएको दायित्वबोध र विभिन्न क्षेत्रमा सहयोगको लागि यूवाहरुले देखाउने गरेको यस्तो प्रकारको निस्वार्थ उदाहरणीय तत्परता प्रति गर्व गर्दै डा। मिश्रले समाजलाई सही मार्गमा लैजाने जिम्मा यूवाहरुको ठूलो हात रहको परिप्रेक्ष्यमा स्वस्फूर्त भावले यूवाहरु यसरी अग्रसर हुनु प्रवासको हकमा यो राम्रो लक्षणा हो भन्दै उनीहरूलाई धन्यवाद ज्ञापन गरे । नेपाली समाजमा विदेशको कानुनप्रति व्याप्त हेलचेक्र्याईं मानसिकता, मुलूकबाहिरको कानूनी अज्ञानता र नेपाली कामदारहरुमा विद्यमान अनुशानहीनताको कारणबाट पनि कानुन विपरीत कार्यमा संलग्न भई जेल जीवन विताएका नेपालीहरुलाई आर्थिक तथा भौतिक सहयोगको खाँचो भन्दा पनि चेतनाको खाँचो भएको हुनाले अव यूवा शक्तिहरुबाट आम प्रवासी नेपाली कामदारहरुमा चेतना फैलाउने काम गर्न सकेमा गल्ती गर्ने समस्यामा धेरै न्युनीकरण आउने बारेमा पनि राजदुतले बताए ।

यसरी विभिन्न समस्याबाट कानूनी दायरामा फँस्न पुगेका नेपालीहरुमा संखुवासभाका इन्द्र तामाङ, गोरखाका मेक मगर, रौतहटका गुर्राफ उल्ला खान, खोटाङका कृष्ण कुमार गिरी धनुषाका कयामुद्दीन नदाफ र धनुषाकै अर्का जाकुला साफी धोवी रहेका छन् ।  टिकट प्रापक सवै छ जनाहरु १८ मे मा नेपाल फिर्दैछन् ।

No comments:

Pages