दोहा– कतारवासीहरूबाट उल्लेख्य आर्थिक सहयोग प्राप्त गरेकी मुटुरोगी निशा मिश्र गत शुक्रवार नेपाल फर्किइन् ।
कतारस्थित हमाद हस्पिटलबाट डिस्चार्ज भएलगत्तै हाल उनलाई थप उपचारको लागि उनका परिवारजनले काठमाण्डौँको बाँसवारीस्थित गंगालाल हृदयरोग केन्द्रमा भर्ना गरेका छन् ।नेपालबाट उनका परिवारजनले कतारमा फोन सम्पर्क गरी थप उपचारको लागि काठमाण्डौको अस्पतालमा भर्ना गरिसकिएको जानकारी गराउँदै र पिडित मिश्रको लागि यति ठूलो सदाशयता देखाउँदै मानवीय तथा आर्थिक सहयोग पुर्याउने कतारवासी नेपाली प्रति कृतज्ञता व्यक्त गरे । कतारमा उनी अस्पतालमा भर्ना भएको जानकारी प्राप्त भएपछि पत्रकार रवि भट्ट ‘रोषी’, समाजका अगुवा युवा लक्ष्मण खतिवडा र व्यवसायी महेन्द्र चौँलागाईंले उनलाई सहयोग जुटाउने अभियान चलाएका थिए । उनीहरूले तत्काल अस्पताल गई उनको अवस्थाको बारेमा जानकारी लिएर सो अभियानमा जुटेका थिए । राजधानी अन्तर्राष्ट्रिय साप्ताहिक र नेपाल कतार अनलाइन लगायत विभिन्न देशका नेपाली अनलाइन मिडियामा उनको समाचार प्रकाशनमा आएपछि उनको उपचारको लागि आर्थिक सहयोग संकलन सुरु भएको थियो । झण्डै ६ लाख रुपैयाँको सहयोग संकलन तथा हस्तान्तरण भईसकेको छ ।
उनको पारिवारिक अवस्था अति कमजोर भएको हुँदा उपचारको लागि धेरै नै खर्च लाग्ने भएपनि कतारबाट प्राप्त सो रकमले ठूलो राहत पुग्ने उनका परिवारजनले बताए । ‘कतारमा बस्ने नेपालीहरुबाट देखाएको जस्तै मानवीय ससंवेग अग्रसरता अरु राष्ट्रमा बस्ने नेपाली दाजुभाईहरुले पनि देखाएर सहयोग गरेमा उनी बाँच्नेछिन्’ उनका परिवारजनले बताए । समाजमा भएका हरेक गतिविधीलाई सवै समक्ष सञ्चार माध्यमबाट प्रवाह गरेर महत्वपुर्ण भूमिका निर्वाह गर्दै पिडित निशा मिश्रलाई सहयोग जुटाउन अहम् भूमिका निर्वाह गर्ने सञ्चारकर्मी तथा समाजसेवीलाई उनीहरूले हार्दिकतापुर्वक प्रसंसा गरेका छन् ।
‘केटो राम्रै देखेर १५ बर्षको उमेरमा नै छोरीको विहे गरेर विराटनगरमा दियौँ तर केटाको नराम्रो आचरणले गर्दा छोरी त्यहाँ बस्न सक्ने बातावरण नै बन्न सकेन । दुधे बालक च्यापेर माइतमा बस्दै गर्दा निसाले एउटा छोरो त जे काम गरेर पनि पढाउन र पालनपोषण गर्न सक्छु, मलाई सम्पत्ति होइन केवल म र मेरो छोरालाई आश्रय मात्र दिनु है आमा १ भनेर ६ बर्षको छोरो निशान्त माइतमा छोडेर उसले कतार कमाउन गएकी थिई’ छोरीको त्यो हालत देख्दा विगतमा छोरीले भनेको कुरा सम्झँदै आमा सीता मिश्रले रुँदै फोनमा बताइन् ।
कतारबाट राजधानी तथा अनलाईन पत्रिकामा प्रकाशित समाचार पढेपछि विभिन्न जिल्लाका युवाहरुको सक्रियतामा यति धेरै रकम संकलन गरिएको थियो । कतारस्थित हमाद अस्पतालका कर्मचारीहरुबाट २ लाख रुपैयाँ, गोरख चन्द तथा दिलिप राईको पहलमा ८० हजार रुपैयाँ, गौरव पालको पहलमा २५ हजार ६ सय रुपैयाँ, नवोदित मोवाइल पुस्तकालय २५ हजार ४ सय रुपैयाँ, श्रीमती चाँदनी सिंहबाट २० हजार रुपैयाँ, सावित्री गिरीको पहलमा २० हजार रुपैँया, श्रीमती कञ्चन चौँलागाईंबाट २० हजार रुपैयाँ, केहि समय अघि आयोजित सांस्कृतिक कार्यक्रमको कोषबाट लक्ष्मण खतिवडाद्वारा २० हजार रुपैयाँ, अलि विन अलि प्रिन्टिंग प्रेसका सुनिल कुमार घलानको पहलमा १४ हजार १ सय ९६ रुपैयाँ, नरेन्द्र सेनबाट १० हजार रुपैयाँ, महेश जोशी १० हजार रुपैयाँ, सन्तोष पराजुली १० हजार रुपैयाँ, हिमाल गिरी १० हजार रुपैयाँ, बद्री प्रसाद पाण्डे १० हजार रुपैयाँ, स्याङजा सहयोग समाज १० हजार २० रुपैयाँ, चुणामणी कार्की १० हजार रुपैयाँ, ववी श्रेष्ठ २ हजार रुपैयाँ, अर्जुन प्रसाद भट्टराई ५ हजार २० रुपैयाँ, जुनु कार्की २ हजार ४ सय रुपैयाँ , नरेन्द्र भट्टराई ५ हजार रुपैयाँ, उमेश अधिकारी २ हजार रुपैयाँ, अमिता राई २ हजार रुपैयाँ, महिमा श्रेष्ठ २ हजार रुपैयाँ, युवराज दाहाल १ हजार रुपैयाँ, प्रकाश खरेल २ हजार ८ सय रुपैयाँ, प्रकाश सापकोटा १ हजार रुपैयाँ, उमेश दाहाल १ हजार रुपैयाँ रहेका छन् । त्यस्तै गरी अरुहरुबाट संकलित रकमहरुको प्राप्त विवरण अनुसार कतारबाट मात्र ५ लाख भन्दा माथि संकलन भईसकेको र आर्थिक सहयोग संकलन कार्य जारी नै रहेको पनि जानकारीमा आएको छ । उनको सहयोगको लागि काठमाण्डौँ महाराजगञ्ज स्थित एसवि आई बैँकमा खाता खोलिएको छ । एसविआई बैँकको खाता नं। २०४१५२४१४०१७५२ रहेको छ ।
No comments:
Post a Comment