पाँचथरस्थित माछापुच्छ्रे बैंकको शाखामा एक हजार दरका चारवटा वटा नक्कली नोट फेला परेका छन् ।
ग्राहकले जम्मा गर्न ल्याएको एक लाख रुपैयाँको गड्डी गन्ने क्रममा नक्कली नोट पाइएको हो । मेसिनले गनेर राखेको नोट पुनः हातले गन्दा नक्कली फेला परेको निमित्त शाखा प्रमुख सुदिप प्याकुरेलले जानकारी दिनुभयो ।
उहाँका अनुसार हातले गन्दा गड्डीमा भेटिएका नक्कली नोटमा गभर्नर दिपेन्द्रबहादुर क्षेत्री र कामु गभर्नर कृष्णबहादुर मानन्धरको हस्ताक्षर रहेको छ । बैंकमा ख ५५र२७४७०४, ख ४१र४२२६७७, ग ४३र६३८४७४, ग ५३र३३४५३९ नम्बरका जाली नोट फेला परेका छन् । भीड भएको समयमा ल्याइएकोले कोबाट नक्कली नोट भित्रिएको हो खुल्न नसकेको बैंकले जनाएको छ ।
No comments:
Post a Comment