7/14/2011

अबैधानिक सबै स्वदेश फर्केनन्

कुवेत सरकारले अवैध रूपमा बस्दै आएका गैरकानुनी आप्रवासी कामदारलाई बिना सजाय स्वदेश फर्कन पाउने दिएको आममाफीमा नेपाली दूतावासबाट ट्राभल डकुमेन्ट लिएका ३५ सय नेपालीमध्ये २ हजार नेपालीहरु मात्र स्वदेश फर्किएका छन् ।

आममाफीमा कतिपय नेपाली कामदारहरुले ट्राभल डकुमेन्ट नै लिएनन् भने कतिले लिएर सदुपयोग गरेनन् । कुवेतमा ४ हजारभन्दा बढी अबैध नेपालीहरु रहेको अनुमान गरिएता पनि ३५ सय मात्रै ट्राभल डकुमेन्टको लागि दूतावास पुगेका थिए । त्यसमध्ये करीब २ हजार मात्रै स्वदेश फर्केको दूतावासले जनाएको छ । डकुमेन्ट लिनेमा अधिकांश घरेलु महिला कामदारहरु रहेको दूतावासले जनाएको छ । जानकारहरुका अनुसार अझै २ हजार नेपालीहरु अवैधानिक रुपमा लुकेर बसका छन् ।
कुबेत सरकारले आममाफीको घोषणा देखि नै यो अवसर उपयोग नगर्नेमाथि कडा कारबाही गर्ने नीति ल्याएको थियो । आममाफीको समय समाप्त भए लगतै कुवेत प्रहरीले ठाउँ ठाउँमा जाँच गर्ने र छापा मार्ने प्रकृया शुरु गरेको छ । अबैध रुपमा लुकीछिपी बस्ने वा काम गर्ने कामदारहरु भईपरी आउने स्वास्थ्य सेवा,साधारण नागरिकले जस्तो हिड्डुल गर्ने पाउने र कानुनी हकबाट सेमत बन्चित हुन्छन।उनिहरुलाई पुलिसले फेला पर्ना साथ जहाँ जस्तो अवस्थामा भेटियो त्यस्तै अवस्थामा जेल सजाय भोग्नु पर्ने हुन्छ । जेल सजाय र उ माथिको छानबिन पश्चात उसलाई कुवेत आउन नपाउने गरी डिपोर्ट गरिने छ। पुलिसले पक्रिएमा डिपोर्ट लगाएत धेरै समस्याहरु र झन्जटहरु हुने हुँदा यो निकै पीडादायक हुने निश्चित छ। यसरी डिपोर्ट हुनेहरु पुनः कामका लागि कुबेत तथा खाडी राष्ट्रमा आउन पाउदैनन्।
कुवेत सरकारले यस पटकको आममाफीमा स्वदेश फर्किन ईच्छुकलाई बिना सजाय जान पाउने र कुवेतमा काम गर्न ईच्छुकहरुलाई जरिवाना तिरी अरु कामदारहरुले जसतै बैधता प्राप्तगरी बस्न र काम गर्न पाउने अबसर दिएको थियो।तर जरिवाना भने १ लाख ३० हजार देखी ज्ञ लाख ६० हजार नेपाली रुपैंया सम्म तिर्नु पर्यो।अबैध रुपमा लुकी छिपि बसेका महिला कामदारहरुको लागि ठुलो रकम मानिए पनि ३५० नेपाली कामदारहरुले यती ठुलो रकम जरिवाना स्वरुप कुवेत सरकारलाई बुझाएर कुवेतमा बैधता प्राप्त गरेका छन।दुखी,पीडित भएर भागेका महिलाहरु सँग यती धेरै रकम कहाँबाट आयो यो पनि शंकास्पद नै छ। 
किन फर्केनन् नेपालीहरु स्वदेश ?
कुवेतमा ८० प्रतिशत महिला कामदारहरु रहेका छन र धेरै जसो समस्यामा पनि उनिहरु नै परेका छन।कुवेतमा महिला कामदारहरुको स्थिती अत्यान्तै दयनिय र कष्टकर भएको अवस्थामा आममाफी हुँदा पनि किन स्वदेश फर्केनन उनिहरुरुसबैको मनमा यही प्रश्न उठ्नु स्वाभाबिक हो।तर वास्तविकता र वाध्यत्मक अवस्थाहरुले उनिहरुलाई अझै कुवेतमा लुकेर काम गर्न वाध्य बनाएको सत्यतालाई नकार्न सकिदैन।
यहाँ दुई किसिमाका कामदारहरु भेटिन्छन्। ूसुखमा रमाउने र दुस्ख मा हराउनेू अबैधानिक नै भए पनि कतिले कुवेतको मोज मस्तिमा ब्यस्त जीवन बिताइ राखेका छन। उनीहरु नक्कली विवाह गरि बसेका छन। विवाह नगरेको भए पनि गर्लफ्रेन्ड(ब्वाइफेन्ड भएर बसेका छन । उनीहरु मिले काम पनि गरेका छन नमिले पनि लाईफ रमाइलो छ १ उनिहरु किन फर्कने नेपाल रु जे पर्छ त्यही टर्छ भगवान भरोसा भनी निर्धक्क साथ बसेका छन । अर्को थरी भने वास्तवमै पीडित छन । देशमा देखिएको राजनैतीक अस्थिरता,बेरोजगारी र द्वन्दकालमा सिउदोको सिन्दुर पुछिएका बेसाहारा महिलाहरु देखी पढे लेखेर पनि केही गर्ने मौका नपाएका महिलाहरु आफु र आफ्नो परिवारको उज्जल भबिश्यको सपना बोकेर आफु सँग भएको सम्पत्ति साहुकोमा धितो राखेर कुवेत पुगेका छन। कुवेत आउने प्रकृया पनि अनौठो छ।दलालहरुले कतिपयलाई राहादानी समेत आँफै बनाएर ल्याएका छन भने कतीलाई एक लाख भन्दा धेरै तिराएका छन।यसरी पैसा खर्च गरी केही गर्ने उदेश्य लिएर आएका महिलाहरु लुकी छिपी बसेर भए पनि दुई पैसा कमाई नेपाल फर्कन चाहन्छन।त्यसैले उनिहरु परीणाम के हुन्छ भन्ने नसोची स्वदेश नफर्की बसेका छन भने दिन रात खटी जस्तो सुकै परिश्रम गर्न पनि पछी पर्दैनन। धेरैको भनाइ छ,रिण पनि तिरेकी छैन।फेरी गाउका मान्छेले काम गर्न नसकेर आएकी भन्छन । २ पैसा कमाउन पाए हुन्थ्यो भनी बसेको हेरै दैबले कहाँ सम्म पुर्याउछ्न,धेरैको यस्तै भनाइ रहेको छ।
कसरी र किन हुन्छन उनिहरु अबैध ?
म्यानपावर र दलालको छलकपट र मिठो आश्वासनमा फसेर राम्रो कम्पनीमा सेल्स गर्ल(ब्वाइ,गार्ड,सेक्रेटेरी,रेसेप्सन,होटलको काम जस्ता काम भनी रेगिस्तानमा उट र भेडा चराउन पठाउने,५० डिग्रीको तापक्रममा बाहिरको अत्यान्तै गार्होकाम अथवा घरेलु नोकरानीका रुपमा कुवेतीलाई १ लाख भन्दा माथिमा बेचिएर साहुको घरमा पुर्याउने कारणले गर्दा कामदारहरु भाग्न वाध्य हुन्छन। घरेलु नोकार(नोकरनीको काममा पुग्नेहरु पनि साहुको ज्यादती, शारिरिक र मानसिक यातना,सम्झौताअनुसार तलब,भत्ता तथा सेवा–सुविधा नपाउने,बढी समय दिनको १८ घण्टा सम्म काम गर्नु पर्ने देखि बर्षौ सम्म काम गरेर पारीश्रामिक नपाउने र शोषण हुनु जस्ता कारण बाध्यतामक अबस्थामा साहुको घरबाट भाग्न वाध्य हुन्छन। आधारभुत मानबिय व्यबहार नहुनाले र घरेलु नोकर(नोकरानीलाई अत्यान्तै अपहेलित गरिने हुनाले पनि नोकरानिको समस्या बिकराल हुँदै गएको हो।
कुवेतमा भाग्ने र भगाउनेहरु पनि प्रसस्तै छन। केटाकेटीहरु फोनमा चिन(जान गरी बाहिर राम्रो काम गर्ने र माया प्रिती गाँस्ने सोच लिएर भाग्ने गरेको पाइन्न्छ।तर सम्बन्धित निकायले हल्ला पिजाए जती भने पक्कै हैन। उनिहरु माथि हुने थिचोमिचो र अन्यायमा परी भाग्न वाध्य भएको कुरा एक बर्षको अन्तरालमा दूताबासमा आश्रय लिन पुगेका ७०० महिलाहरुको कथाब्यथाबाट प्रष्ट भई सकेको छ।
जब सम्म नेपाली कामदारहरु नेपालमै आधारभुत सिप,तालिम,भाषा ज्ञान लिएर आफैमा आत्म विश्वाशका साथ कुवेत आउने क्रम शुरु हुँदैन र उनिहरुलाई नेपालबाटै ठगिएर झुक्याएर अबैधानिक नक्कली कागजातको भरमा कुवेत भित्र्याइन्छ तब सम्म यो प्रकृया जारी नै रहने देखिन्छ।त्यसैले सम्बन्धित निकायहरुले कुवेतमा नेपाली नागरिकहरुको सुरक्षित रोजगारिका लागि आज बाटै सोच्नु जरुरी छ ।

No comments:

Pages