दक्षिण कोरिया रोजगारका लागि भाषा परीक्षा दिँदै हुनुहुन्छ रु त्यसो हो भने तपाईंले परीक्षाका वेला नाम, ठेगाना, सिम्बोल नम्बरजस्ता व्यक्तिगत विवरण लेख्दा सतर्क हुनुपर्नेछ ।
सामान्य जस्तो लाग्ने यो गल्तीले तपाईंको परीक्षा रद्द गराउन सक्छ । यसअघिका परीक्षामा पनि यसप्रकारको गल्तीलाई बेवास्ता भने गरिएको थिएन । तर,परीक्षाका वेला गल्ती भए पनि परीक्षार्थीको आग्रहमा श्रमसम्झौता नहुन्जेलसम्मको अवधिमा सच्याउने अवसर दिइएको थियो ।त्यसबीचको पर्याप्त समयका कारण यसअघिका थुप्रै परीक्षार्थीले आफ्नो विवरण सच्याउने अवसर पाएका थिए । ‘यसपटक भने त्यस्ता गल्ती परीक्षाकै दिन नसच्याए परीक्षा नै रद्द हुनेछ’, दक्षिण कोरियाका लागि रोजगार अनुमति प्रणाली ९इपिएस० नेपालका प्रमुख महेश आचार्यले भन्नुभयो( ‘सम्बन्धित व्यक्तिले आफ्नो विवरण भर्ने क्रममा गल्ती भएको वा भुलेको बारे जानकारी दिएमा भने तत्काल सच्याइनेछ ।’
आचार्यका अनुसार भरखरैमात्र दक्षिण कोरियाको इपिएस विभागले यस्तो नियम कडाइका साथ लागू गर्न निर्देशन दिएको छ । यस वर्ष सन २०११ का लागि कुल ५७ हजार चार ५७ नेपालीले भाषा परीक्षाका लागि आवेदन दिएका छन् । यसमा उत्कृष्ट सात हजार एक सयले रोजगारको अवसर पाउनेछन् । भाषा परीक्षा साउन ६ र ७ गते काठमाडौँ र ललितपुरका १८ वटा परीक्षा केन्द्रमा हुँदैछ । यस वर्षको आवेदकको संख्या सन् २०१० भन्दा १५ हजार सात सय ३७ ले बढी हो । इपिएस नेपालका अनुसार त्यस वर्ष ४१ हजार सात सय २० मात्र थियो । अघिल्लो वर्षभन्दा यस वर्ष आवेदन दिने महिलाको संख्या पनि बढेको छ । गत वर्ष करिब चार हजार संख्यामा रहेका महिला यस वर्ष ६ हजार नाघेका छन् ।
आचार्यले २०११ को जनवरीमा भएको परीक्षामा उत्तीर्णमध्ये तीन सय २२ को मात्र श्रमसम्झौता आउन बाँकी रहेको बताउनुभयो । कुल चार हजार १६ जना परीक्षार्थी भाषा परीक्षा उत्तीर्ण भएकोमा हालसम्म तीन हजार सात सय ७४ को श्रमसम्झौतापत्र पनि चाँडै आउने उहाँले बताउनुभयो । अघिल्लो वर्ष श्रमसम्झौता आउन बाँकी दुईसय ५० जनालाई पनि यही चरणमा पठाइने भएकाले सम्झौता आउन बाँकीको संख्या ६ सय जति पुग्ने उहाँको भनाइ छ । इपिएस नेपालका अनुसार सन् २००८ देखि इपिएस प्रणालीबाट नेपाली कामदार दक्षिण कोरिया जान सुरु गरेयता आठ हजार आठ सय नेपाली त्यसतर्फ प्रस्थान गरिसकेका छन् ।
रोजगारदातालाई राष्ट्रसंघीय पुरस्कार
संयुक्त राष्ट्रसंघले इपिएस प्रणालीअन्तर्गत विदेशी कामदारलाई रोजगार दिएवापत् दक्षिण कोरियाको मानवीय संसाधन सेवालाई ‘संयुक्त राष्ट्रसंघीय सार्वजनिक सेवा पुरस्कार’ प्रदान गरेको छ । एसिया तथा एसिया प्रशान्त क्षेत्रबाट पहिलो र दोस्रोपुरस्कार पाउनेमा दुवै दक्षिण कोरियाली संस्था छन् । राष्ट्रसंघले दक्षिण कोरियाको मानवसंसाधन सेवाले ‘आप्रवासन एवं व्यवसायमैत्री कर्मचारी भर्ना प्रणाली’ लागू गरेकोमा प्रशंसा पनि गरेको छ । यो पुरस्कारले इपिएस प्रणाली र यस प्रणलीअन्तर्गत जाने नेपाली श्रमिकको सुविधामा समेत सकारात्मक प्रभाव पार्ने अधिकारीहरूको भनाइ छ ।
No comments:
Post a Comment