7/06/2011

एनआरएनका नेताहरूको भाकल

सोनाम शेर्पा
जापानमा एनआरएन भन्ने संस्थाको अस्तित्व दिन प्रती दिन हराउदै गैरहेको छ र यही क्रम रहेने हो भने जापानबाट यसको नाम निसाना हराउने पक्कापक्की छ।
जापानमा असारे च्याउ सारी रहेको नेपाली संघसंस्थाहरुले एनआरएन पुछ्दैनन भने सर्वसाधारण नेपालीले यसलाई नन रेकोनाईजड नेप्लीज एसोसिएशन भन्ने गरेका छन।
त्यही एनआरएन जापानको पाँचौ राष्ट्रिय सम्मेलन आगामी अगस्त १४ तारिक टोकियोको गोतान्द स्थित गोतान्द कल्चर सेन्टरमा हुँदैछ र एनआरएन जापानको अधिबेशनकै दिन एनआरएन भन्दा पुरानो गुरुङहरुको संस्था तमू धीं जापानले आफ्नो रोधी साँझको घोषणा गरेको छ। अधिबेशन नजिकिनुका साथै जापानवासी केही प्रतिशत नेपालीहरुमा चुनाबी सरगर्मी शुरु हुन थालका छन भने उम्मेद्वारहरु अनेकौ देबी देवतालाई भाकल गर्दै बाटो हिडने जो कसै नेपालीसँग पनि भए नभएको साईनो केलाउनमा तल्लिन देखिन थालका छन।
अहिलेसम्म अध्यक्षका लागि बर्तमान अध्यक्ष लाल बहादुर केसी ९रोशन० उपाध्यक्ष रबिन्द्र श्रेष्ठ ९गोबिन्द० निवर्तमान उपाध्यक्ष ओम गुरुङ र महाससचिब सुदिप अधिकारीद्वारा आफ्नो उम्मेद्बारीको घोषणा गरी सकेका छन। रोशन, ओम र सुदिप समयमा अधिबेशनसम्म गराउन नस्कने २००८(२०१० कार्यकालको असफल नेतृत्वहरु हुन। उनिहरुको पालामा एनआरएन जापानले पाउनु भन्दा बढी गुमाए। मुलुकको लागि केही गर्न त परौ जावोस एनआरएन आईसिसिको अध्यक्ष, प्रभाक्त र दुई दुई जना सदस्य रहेको एनआरएन जापानले  एउटा क्षेत्रिय सम्मेलनसम्म गर्न सकेनन।
उनिहरुलाई चुनाव जिताउन मेग्रो कुमिन सेन्टरमा भेला भएका हजारौ जनमास उनिहरुकै पालामा आयोजित एनआरएन दिवसका दिन एक जना पनि देखिएन। २००९ सालको तेस्रो महाधिबेशन र एनआरएन दिवसका दिन ३५० जना अटने मेग्रो हलमा अतिथिहरु बाहेक सदस्य, पदधिकरी र उनिहरुको परिवार जोडदा पनि मुस्किल ले ३५ जना भेला भएको थिए। त्यो जापानवासी नेपालीहरुले उनिहरुलाई सुद्रिनुपर्छ भनेर दिएको राम्रो सन्देश थियो।
यि महासयहरुले एनआरएन जापानको बिधानलाई तोड मटार पारेर आफ्नो हित अनुकुललाई पायक पर्ने गरी बनाए, फलस्वरुप मुलुकमा राष्ट्रपती जनताले चुन्न पाउने सहमति भएको बेला जापानवासी नेपालीलाई आफुले चाहेको नेतृत्व चुन्न पाउने अधिकारबाट बंचित गराएको छ। एनआरएन जापानको बिधान अनुसार २००० यान सदस्य शुल्क तिरेकालाई पंजीकृत सदस्य भनिने छ र ५ सदस्य जना पंजीकृत सदस्य बराबर १ जनाका दरले निर्बाचनमा भोट हाल्न पाउने छन।
एनआरएन जापानको क्षेत्रिय सम्मेलन युद्धस्तरमा भैरहेको छ तर अहेले कही कतै बाट आफ्नो मातहतमा के कती पंजीकृत सदस्य छन सार्वजानिक गरेको छैनन। यसैक्रममा सबैभन्दा बढी नेपाली रहेको कान्तो क्षेत्रको अधिबेशन यही आउदो १० तारिक आईतावारको दिन हुँदैछ र संयोजकका लागि अहिलेसम्म सागर रिजाल र श्रवण सत्यलालद्वारा आफ्नो उम्मेद्बारीको घोषणा गरेका छन। बर्तमान संयोजक जोन छन्त्यालद्वारा आधिकारिकरुपमा आफ्नो उम्मेद्बारीको घोषणा नगेरे पनि उनी सजिलैसँग आफ्नो खुट्टा नझिक्ने मनसाय बोकेर बसेका छन।

एनआरएन जापानको केन्द्रय अध्यक्षका उम्मेद्बार लाल बहादुर केसीको लागि जापान आएको महाभूकम्प बारादानको रुपमा साबित भएको छ। बिगतका दिनहरुमा उनले एनआरएन जापान र जापानवासी नेपालीहरुको लागि केही गरे पनि नगरे पनि भूकम्प पिढितहरुलाइ नेपाली खाना खुवाउन निकै खटिएका हुन। तर उम्मेद्बारीको घोषणाका साथै टालटुल भनसुन गरेर यही एक बर्षिय कामचलाउ कार्यसमितिलाई निरन्तरता दिने उनी र उनको कार्यसममितिका पदाधिकारीहरुको सपना बालुवाको महल झौ नराम्रोसँग भात्किएको छ।
यस्तै अर्को उम्मेद्बार ओम गुरुङ मैकामा चौका हान्न खप्पिस उनी एमाले निकटका हुन र उनलाई नेपाल आदिवासी जनजाती महासंघ जापानको प्रत्यक्ष सपोट छ। सन २००८ मा मौकाको सदुपयोग गरेर उनले सबै भन्दा बढी मत ल्याएर उपाध्यक्ष पद हत्याएक थिए तर अहिलेको अवस्थामा आदिवासी जनजातीहरुको मुढे बल र धमासको भरमा पक्कै पनि भोट खस्ने वाला छैन। यस पटक उनले चुनाव हारेको खण्डमा आफुसँग सँगै नेपाल आदिवासी जनजाती महासंघ जापानलाई पनि ढुबाउने पक्का पक्की छ।
अहिलेको अवस्थामा सबै भन्दा बलियो स्थिती भएको अर्को जनजाती उम्मेद्बार रबिन्द्र श्रेष्ठ ९गोबिन्द० माओवादी निकटका हुन र उनलाई जनप्रगतिशित मोर्चाको सपोट छ तर यही सपोटले उनलाई ढुबाउन सक्ने स्थिती छ किन कि बिगतमा पनि राजनैतीक पार्टिका भात्री संस्थाहरु बाठो हुँदा जापानवासी नेपालीहरु लोप्पा ख्वाईदिएका थिए।
हामीले गरेको सर्वेक्षण अनुसार निवर्तमान महाससचिब डा. सुदिप अधिकारीको स्थिती अतिनै दयनीय छ। उनको ढाडमा नेपाल जनसम्पर्क समिति जापानको हात भए पनि आफ्नो क्षेत्र नगोयाबाट उनले सहयोग नपाउने थाहा भएको छ। र अन्य क्षेत्रमा उनलाई पुछने कोही पनि छैन। उनी जती हात उफ्रिए पनि असफल नेतृत्वको दाग अझै अर्को १० बर्ष उनको निधारबाट मेटिनेवाला छैन।
त्यस्तै एनआरएन आईसिसिका सदस्यका लागि बर्तमान उपाध्यक्ष भुषन घिमिरेले आफ्नो उम्मेद्बारीको घोषणा छन भने निवर्तमान अध्यक्ष भवन भट्टले कोषाध्यक्ष पदको दाबी गरेका छन र यसै सिलसिलामा उनिहरु दलबलका साथ क्षेत्रिय सम्मेलनमा भाग लिन मस्को जाँदै छन। तर यसपाली अन्तरराष्ट्रिय जगतले देबमन हिराचन र भवन भट्टलाई लोप्पा ख्वाईदिने पक्का पक्की छ।

No comments:

Pages