संयुक्त राष्ट्रसंघको शान्ति मिसन अन्तर्गत खटिएको नेपाली सेना हाइटीमा हैजा फैलनुमा प्रमुख दोषी रहेको एक अध्ययनले देखाएको छ ।
हाइटीमा हैजाका कारण कविर पाँच हजार पाँच सय जनाको मृत्यु भएको थियो ।अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोलले प्रकाशित गरेको नयाँ प्रतिवेदनमा नेपाली सेनाका कारण हैजा फैलिएको बलियो प्रमाण फेला परेको दाबी गरिएको छ । हाइटीमा फैलिएको हैजा अत्यधिक खतरनाक रहेको प्रतिवेदनमा औँल्याइएको छ ।
सन् २०१० को जनवरीमा गएको भूकम्पपछि हाइटीमा देखिएको यो डरलाग्दो प्रकोप भएको प्रतिवेदनमा उल्लेख छ । भूकम्पमा भने तीन लाख मानिसको ज्यान गएको थियो भने राजधानी पोर्ट औ प्रिन्स पूर्णरुपमा ध्वस्त भएको थियो ।
No comments:
Post a Comment