काठमाडौं । कसैले तपाईलाई अमेरिका क्यानडा लैजान्छु भन्छ भने होशियार रहनुहोस् किनकी भुटानी शरणार्थीको नक्कली परिचयपत्र बनाएर अमेरिका र क्यानडा लैजाने भन्दै पाँच वर्षदेखि ठगी गर्ने समूहलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा विराटनगरका सुजन दाहाल, डडेलधुरा बेलापुरका लोकबहादुर बिष्ट र स्याङ्जा चिन्सेबासका नरेन्द्र भण्डारी छन् । उनीहरूले भुटानी शरणार्थीको नक्कली कार्ड बनाई १ सय ३६ भन्दा बढीलाई ठगी गर्ने गरेको सूचनाका आधारमा पक्राउ गरिएको हो । प्रहरीका अनुसार सुजन मेट्रो कलेज नयाँ बानेश्वरका शिक्षक र बिष्ट कांग्रेसका नेता हुन् ।ब्युरोका अनुसार यिनीहरूले १२ लाख रुपैयाँ दिए भुटानी शरणार्थीको परिचयपत्र बनाएर विदेश लैजाने भन्दै कुमारी बैंकमा रहेको खातामा पैसा राख्न लगाएका थिए । सन् २००६ देखि शरणार्थी बनाएर विदेश पठाइदिने भन्दै झुलाएपछि पीडितहरूले प्रहरीमा उजुरी दिएका थिए । उनीहरूले अमेरिकन युनियन एजुकेसन काउन्सिलमा रहेको ०१०१५२४०३६६३०१८ खातामा पैसा राख्न लगाएका थिए । प्रहरीका अनुसार उक्त खाताबाट २ करोड ३३ लाख २७ हजार रुपैयाँको कारोबार भएको देखिएको छ । प्रहरीले उनीहरूको साथबाट मुकुन्द सिंह ऐरको नाममा जारी गरेको क्यानडा फर रेफ्युजी परिचयपत्रसमेत बरामद गरेको छ । यूएनएचसीआरले उक्त परिचयपत्र नक्कली भएको प्रमाणित गरिसकेको छ ।
No comments:
Post a Comment