रवि रोषी
कतार । ३० महिना अघि एजेन्टलाई १ लाख बुझाएर कतार आएका उदयपुर गाईघाटका सन्तोषकुमार दनुवार अहिले घर जान नपाएको गुनासो लिँदै दिनहुँ दूतावास धाउन थालेका छन् ।
व्यवसायी भूपति भट्टराईको मातहतमा रही काम गर्दै आएका दनुवारलाई ३ महिनाको तलव नदिएको पनि खुलासा भएको छ । ‘हामीले जब नेपाल जाने कुरा राख्यौँ, पाउँदै आएको तलव पनि रोक्का गरियो,’ उनले दूतावासमा दुःखेसो पोखे । त्यस्तै, मोरङ वेलवारी–२ का धनबहादुर धिमालले पनि त्यस्तै समस्या भट्टराईबाट पाएको बताए । आफ्नै ठूलाबालाई ९५ हजार बुझाएर एजेन्ट मार्फत आएका धिमाल ४ वर्षदेखि घर जान नपाएको बताउँदै जति सक्दो छिटो नेपाल पठाईदिन दूतावासमा विन्ती गर्दै थिए । ‘हामीले उनको के बिगारेका थियौँ र नेपाल जान्छु भन्दा पनि जान नदिने ?’ उनले आक्रोश पोखे ।
विगत ४ बर्षदेखि काम गर्दै आएका म्याग्दी बेगखोला–६ का पोकबहादुर सुनुवार भने बुद्धि बञ्जाडेको मातहतमा रही १ बर्ष काममा लगाई भूपति भट्टराईलाई सुपुर्दगी गरेपछि ३ बर्ष लगातार भट्टराईको मा नै काम गर्दै आएका थिए । उनी ९० हजार बुझाएर आएका हुन् भने देवदह रुपन्देहीका लोकेन्द्रबहादुर मगर ९५ हजार बुझाएर ४१ महिना अघि आएको बताउँछन् । उनी पनि नेपाल जाने भनेपछि ३ महिनादेखि तलव रोक्का गरिएको उजुरी पेश गर्दै थिए । पर्सा वीरगंजका शम्भु मुखिया पनि विगत ३ वर्षदेखि लगातार काम गर्दै आएको बताउँदै १ लाख बुझाएर आएको र हाल ७सय रियाल तलब पाएपनि अझै प्रति महिना १ सय रियाल कम पाएका बताए ।
यस विषयमा राजदूत डा. सुर्यनाथ मिश्रले समस्या समाधान गरी बाँकी बक्यौता तलब र टिकट प्रदान गर्न भनेर अनुरोध गर्दा सकारात्मक उत्तर पाएको तर पीडितहरूले पुनः दूतावासमा उजुरी दिएपछि पटक–पटक फोन गर्दा पनि भट्टराई सम्पर्कविहीन भएकोले यथाशीघ्र दूतावासले उनको नाममा सूचना जारी गर्ने बताए ।

No comments:
Post a Comment