7/03/2011

कम्पनीमा आगालगी हुँदा १२ नेपाली अलपत्र

साउदी अरबको रियाद शहरस्थित एक कम्पनीमा आगलागी हुँदा त्यहाँ कार्यरत १२ नेपालीको बिचल्ली भएको छ ।
त्यहाँस्थित स्थानीय अल्मोनिक कम्पनीमा विद्युतसर्ट भई आगलागी हुँदा दाङ बिजौरीका गुरुप्रसाद केसी र चितवनका बुद्धिराम महतो जलेर घाइते भएको बताइएको छ । भारतीय नागरिक सहित ७६ जनाले काम गर्दै आएको कम्पनीमा आगलागी भएपछि १२ जना नेपाली बाहेक अन्यको अवस्था अज्ञात रहेको साउदीमा काम गर्दै आएका रोल्पाका प्रशान्त पुनले जानकारी दिनुभयो ।
आफूहरु कम्पनीको खुल्ला चौरमा सुतिरहे पनि साउदी सरकार र नेपाली राजदुतावासले उद्धारका लागि कुनै पहल नगरेको पुनले गुनासो गर्नुभयो । कम्पनीले दिएको तलब कोठामै रहेकाले सबै जलेर नष्ट भएको उहाँले बताउनुभयो ।
शनिबार दिउँसोदेखि लागिरहेको आगो निभाउन साउदी सरकारले ६ वटा दमकल प्रयोग गरेपनि आगो अझै नियन्त्रण बाहिर रहेको प्राप्त समाचारमा जनाइएको छ ।

No comments:

Pages