7/06/2011

डुङ्गा दुर्घटनामा १ सय ९७ को मृत्यु

सुडानबाट साउदी अरेविया तर्फ गइरहेको डुङ्गा लाल सागरमा डुब्दा १ सय ९७ जनाको मृत्यु भएको छ ।
दुर्घटनामा तीन जनाको उद्दार गरिएको छ । अवैध आप्रावसी लिएर साउदी अरेयिबा गइरहेको डुङ्गामा आगो लागेपछि दुर्घटना भएको सुडानी सञ्चार माध्यमले जनाएको छ । डुङ्गामा सुडानका छिमेकी मुलुकका नागरिकहरु रहेको बताइएको छ । यमन र साउदी अरबियामा लाल सागर हुँदे अवैध रुपमा मानिस लाने क्रम लामो समयदेखि चलिरहेको छ । सुडानी अधिकारीहरुले डुङ्गाका चार यमनी सञ्चालकहरुलाई नियन्त्रणमा लिएको छ ।

No comments:

Pages