7/06/2011

इजरायल खोल्ने तयारी

सन् २००७ देखि नेपालीलाई घरेलु कामदार (केयरगिभर)मा भिषा दिन बन्द गरेको इजरायलले पुनः त्यस्तो भिषा खुलाउन नेपाल सरकारसँग छलफल भइरहेको बताएको छ ।
नेपालका लागि इजरायका कार्यबाहक राजदूतले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरि नेपाली म्यानपावरले केयरगिभरबाट अत्याधिक पैसा असुल गरेकाले भिषा बन्द गर्नुपरेको बताउनुभयो । कृषि क्षेत्रमा भिसा खुला गरि हालै केही नेपालीहरू त्यसतर्फ गएको पनि उहाँले जानकारी दिनुभयो । इजरालयलले नेपालको आर्थिक तथा सामाजिक क्षेत्रमा गरिरहेको लगानी र सहयोगबारे जानकारी दिन आयोजित कार्यक्रममा उहाँले हाल इजरायलमा ६ हजार जति नेपाली कामदार वैधानिकरूपमा रहेको र त्यति नै अवैधानिक रहेको बताउनुभयो । इजरायल नेपाली महिलाहरूलाई घरेलु कामदार आर्थात केयरगिभरमा आकर्षक गन्तव्य मानिन्छ । इजरायलले तोकिएको कमिसनमात्र लिनुपर्ने, हिब्रु भाषा तथा कामसम्बन्धी सीप जानेको हुनुपर्ने लगायतका सर्त राख्दै आएको छ । बिचमा आईओएममार्फत नेपाली कामदार लैजान खोजेपनि नेपालीपक्षले म्यानपावर व्यवसायीको दबाबमा सो प्रस्तावलाई अघि बढाउन चाहेको छैन । इजरायलको प्रस्तावअनुसार नेपाल पक्षले कामदार पठाउन तयार भएको खण्डमा निकै सस्तोमा नेपाली कामदार इजरायल जान सक्छन् ।

No comments:

Pages