7/03/2011

'नफर्कनेहरुको स्वेच्छा'

 कुवेतस्थित नेपाली दुतावासले आममाफीमा नफर्कनेहरु आफ्नै स्वेच्छाले कुवेत बसेको स्पष्ट पारेको छ ।गैरकानुनी रुपमा कुवेतमा बस्दै आएका आप्रबासी कामदारलाई कुवेत सरकारले स्वदेश जान चारमहिने समय गत बिहीबारबाट सकिएको थियो । टिकट नपाएको कारण आफु फर्कन नपाएको भनी केही पत्रिकाले गलत समाचार प्रकासन गरेको छु, दुतबासद्वारा आइतबार जारी बिज्ञप्तीमा भनेका छन्(नफर्कनेहरु सबै नै स्वेच्छाले यहाँ बसेका हुन् । र, उनीहरु सबै अहिले बाहिर बसेर काम गरिरहेका हुनाले नफर्केका हुन् । दुतावासले आममाफी लागु भएकै समयदेखि आममाफीमा जाने कामदारको हवाई भाडा सस्तो गर्नुको साथै केही बढी लगेज लैजान पाउने ब्यवस्था गरेको थियो ।
दुताबासको आश्रय स्थलमा बसेका र अन्य बाहिर बस्ने केही महिला कामदार मात्र कानुनी प्रक्रियाको कारणले गर्दा फर्कन नसकेको दुतावासले जनाएको छ । गलत समाचार प्रति दुताबासले खेद प्रकट गरेको छ ।
आममाफीमा ३५ सय नेपाली कामदार सहभागी भएका छन् । जसमध्ये तीनसय जना आवश्यक जरिवाना तिरेर कुवेतमै काम गर्न थालेको राजदुत मधुवन पौडेलले बताए ।

No comments:

Pages