नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो ९सीआईवी० ले कूटनीतिक राहदानी दुरुपयोग गरेको अभियोगमा सरकार नेतृत्वकर्ता दल नेकपा एमालेका एक सभासदलाई पक्राउ गरेको छ ।
सीआईवीको टोलीले एमालेको समानुपातिक कोटाका सभासद नारदमुनि राना थारुलाई काठमाडौं अनामनगरस्थित डेराबाट सोमबार बिहान पक्राउ गरेको हो ।कैलालीको धनगढीका सभासद रानाको रातो पासपोर्ट प्रयोग गरेर म्याग्दीका निर्मल वानियाँ अष्टे्रलियाको सिड्नी गएको पाइएको सीआईवी प्रमुख डिआईजी राजेन्द्रसिंह भण्डारीले जानकारी दिनुभयो । सोमबार अपराहृन आयोजित पत्रकार सम्मेलनमा सीआईवीले दुरूपयोग भएको पासपोर्ट सार्वजनिक गरेको छ । रानाविरुद्ध राहदानी ऐन अनुसार मुद्धा चलाइने छ । आरोप प्रमाणित भएमा एक वर्ष कैद वा पाँचसय जरिवाना तथा दुबै सजाय हुनेछ ।
यसैगरी सीआईवीले मधेसी जनअधिकार फोरमका सभासद शिवपुजन रायलाई खोजी गरिरहेको जनाएको छ । उनको रातो पासपोर्ट प्रयोग गरेर म्याग्दीमा केदार पौडेल पनि अष्टे्रलियाको सिड्नी गएको पाइएको सीआईवी प्रमुख भण्डारीले जानकारी दिनुभयो ।
रातो पासपोर्ट पुरुपयोगमा परराष्ट्र मन्त्रालय र अध्यागमन विभागका केही कर्मचारीको संलग्नता रहेको सीआईवीको आशंका छ । सीआईवी प्रमुख भण्डारीले राना र रायले १०(१० लाख रुपैयाँमा आफ्नो रातो पासपोर्ट बेचेको पाइएको जानकारी दिनुभयो ।
यसअघि कूटनीतिक राहदानी दुरुपयोगको अभियोगमा पक्राउ परेका फोरम सभासद् वीपी यादव र नेपाली जनता दलकी सभासद् गायत्री साह विशेष अदालतको आदेशमा धरौटीमा रिहा भइसकेका छन् ।
No comments:
Post a Comment