6/24/2011

प्रवासी पत्रकारको समस्या बुझ्न पत्रकार नेपाल युरोप यात्रामा

काठमाडौ । प्रवासी नेपाली पत्रकार सञ्जालका नेपाल संयोजक एवं अनलाइन मिडिया एसोसिएसनका केन्द्रीय सदस्य दामोदर नेपाल प्रवासमा रहेका पत्रकार, पत्रकारिता र समसामयिक विषयको अध्ययन गर्न युरोप यात्रामा निस्कनु भएको छ।
युरोपका विभिन्न मुलुकमा रहेर अनलाइन तथा प्रिन्ट मिडिया सञ्चालन गरिहनु भएका पत्रकारहरुले भोग्नु परेका समस्या र समाधानका लागि गर्न सकिने पहलहरुका विषयमा अध्ययन गरी प्रवासी नेपाली पत्रकार सञ्जाल र अनलाइन मिडिया एसोसिएसनमार्फत नेपालको नीति निर्माण तहमा दबाव दिने उद्देश्यले नेपाल युरोपका विभिन्न मुलुकका सञ्चारकर्मीहरुसँग आवश्यक छलफल र परामर्शका लागि त्यसतर्फ लाग्नु भएको हो ।
पत्रकार नेपालले फ्रान्स, जर्मनी, स्वीट्जरल्याण्ड, बेल्जियमलगायतका मुलुकमा रहनु भएका सञ्चारकर्मीसँग छलफल गर्नुहुने कार्यक्रम रहेको छ। नेपाल दुबई डट कमका सम्पादक तथा सञ्चालक समेत रहनु भएका पत्रकार नेपालले सो क्षेत्रमा रहेर अनलाइन भिडिया सञ्चालन गरिहनु हुने सञ्चारकर्मीहरुका विषयमा अध्ययन गरेर अनलाइन मिडिया एसोसिएसन (ओमान)लाई रिपोर्ट गर्नुहुने र सो रिपोर्टका आधारमा सम्बद्ध निकायमा अनलाइन मिडियाका विषयमा नीति तर्जुमा गर्न सहयोग पुराउने योजना रहेको छ।
फ्रान्स, जर्मनी, स्वीट्जरल्याण्ड, बेल्जियमलगायतका मुलुकमा रहनु भएका सञ्चारकर्मी मित्रहरुलाई सम्पर्कमा आउनसमेत सञ्जालका नेपाल संयोजक एवं ओमानका केन्द्रीय सदस्य पत्रकार नेपालले आग्रह गर्नुभएको छ। उहाँले प्रवासमा रहेर पत्रकारिता गर्दाका समस्या, समाधानका लागि संस्थागत रुपमा गर्न सकिने पहललगायतका विषयमा छलफल गरी समस्याहरु सम्बद्ध निकायमा पुराउन सहयोग पुराउने बताउनुभएको छ। पत्रकार नेपाल बिहीबार नै त्यसतर्फ प्रस्थान गरिसक्नु भएको छ। विभिन्न मुलुक पुग्ने कार्यतालिका चाँडै सार्वजनिक गरिनेछ।

No comments:

Pages