सुमन दाहाललण्डन । ‘कसलाई केको धन्दा कसलाई केको धन्दा घर ज्वाईलाई खानाको धन्दा’ भनेझैं सबै कामकुरा छाडेर गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका अध्यक्ष देवमान हिराचन भने अर्को कार्यकालका लागि आफ्नो पद रक्षामा युद्धस्तरमा जुटेको समाचार छ।
एनआरएनको चौथो विश्व सम्मेलनमा काकतालीबस अध्यक्ष पद अत्याउन सफल हिराचन आगामी कार्यकाल हत्याउनका लागि यतिबेला व्यापक चन्दा संकलनमा लागेको बुझिएको छ। तर उनले उठाउन लागेको चन्दा भने कसैलाई राहत दिन नभएर आफ्नै चुनावी खर्चका लागि हो । उनले राजधानीमा थकाली समुदायको एउटा जम्बो कार्यदल नै बनाएको स्रोतहरुले जनाएका छन् । त्यसको नेतृत्व एक जना मनी ट्रान्सफर व्यवसायीलाई दिइएको बताइएको छ ।
चौथो विश्व सम्मेलनमा आकस्मिक रुपमा जापानबाट झण्डै अढाई सय बढी
नेपालीलाई निःशुल्क काठमाडौ उतारेर चुनावी माहोल आफ्नो पक्षमा बनाउन सफल बनेका हिराचनले त्यही रणनीति फलोअप गर्ने क्रममा विभिन्न मुलुकबाट आगामी अक्टोबरमा दसैं मान्न ठुलै संख्यामा नेपाली काठमाडौ उतार्ने तयारी गरेका छन् । गैरआवासीय नेपाली संघको पाँचौ विश्व सम्मेलन आगामी अक्टोबर १२ देखि १४ सम्म काठमाडौमा हुने भएपछि सबै काम छाडेर हिराचन चन्दा संकलनमा लागेको उनका निकटहरु बताउछन् । हिराचनले नेपाल आउँदा आफू राजधानीको याक एण्ड यति होटलमा बास बस्ने भए पनि चन्दा संकलन कार्यदलका लागि भने सुन्धारास्थित एक होटलमा कार्यालय व्यवस्था गरेको बताइएको छ। यसका लागि आफू निकटका एनआरएन एनसीसीका अध्यक्षहरुलाई
समेत उनले पत्राचार गरिसकेका छन्। राष्ट्रिय परिषदबाट आफ्नो पक्षमा
उम्मेदवारलाई चुनाव जिताउन र उनीहरुलाई काठमाडौसम्म निःशुल्क ल्याउनका लािग
आर्थिक जोहो गर्न उनले कोरिया हङकङ चीन मलेसियालगायतका मुलुकका आफू निकटका व्यक्तिहरुलाई आग्रह गरेको बुझिएको छ।
नेपालमा एउटा ट्राभल एजेन्सीबाहेक अन्य क्षेत्रमा लगानी नगरे पनि ३ हजार बढीलाई रोजगारी दिएको हल्ला पिटाउँदै हिडेका हिराचन आफू विभिन्न
मुलुकको यात्रा गर्ने खर्चसमेत एनआरएनकै कोष र छोरी र छोरासँगको
सापटीमा लिने गरेको बताइन्छ । विगतमा नेपाल वायु सेवा निगम डुबाउने क्रममा सुजाता कोइरालाको मतियार बनेका हिराचन चौथो विश्व सम्मेलनमा चुनाव जिताइदिन अनुनय विनय गर्दै एमाले क्याम्पमा पुगेका थिए। उनले एमाले नेतृ अष्टलक्ष्मी शाक्यमार्फत विश्वका विभिन्न मुलुकमा रहेका एमाले भातृ संगठनहरुलाई आफ्नो पक्षमा चुनावी माहौल बनाउन निर्देशनसमेत दिन लगाएका थिए । तर पछिल्लो पटक एमालेसँगको सम्बन्धमा समेत चिसोपना आएको बताइएको छ। आफै
चन्दामा चल्नु पर्ने भएकाले एमालेलाई पर्याप्त चन्दा दिन नसक्दा उनको सम्बन्ध चिसिएको एमाले स्रोतले जनाएको छ। यसअघि उनको चुनावी अभियानमा जापानमा रेष्टुरेन्ट व्यवसायमा जमेका भवन भट्टले आर्थिक सहयोग गरेको बताइन्छ । अध्यक्ष चुनावमा सहयोग गरेवापत
भट्टलाई यस पटक कोषाध्यक्ष बनाइदिने आश्वासन हिराचनले दिएको बुझिएको छ।
यता गैरआवासीय नेपाली संघ दर्ता गर्न सके आफूले जस पाउने च्याँखे थापेर बसेका हिराचन यसमा पनि असफल भइसकेका छन् । संघ दर्ताका लागि उनले परराष्ट्रमा बुझाएको फाइल विधान नै ऐनविपरीत देखिएपछि रद्दीको टोकरीमा मिल्काइएको छ । उनले संघ दर्ताका लागि विभिन्न मुलुकका एनसीसीहरुलाई परिचयपत्र लिन र दुई दुई जनाको नाम परिचयपत्रसहित पठाउन दिएको
निर्देशनसमेत एनसीसीहरुले धोती लगाइदिएको बुझिएको छ। एनसीसीहरुले अहिलेकै अवस्थामा संघ दर्ता गर्न नसकिने भन्दै हिराचनको निर्देशन अस्वीकार गरेका छन् । यसले पनि आफ्नो पक्षमा माहोल नबन्ने देखेपछि सम्भव भएसम्म विदेशमा रहेका नेपालीलाई निःशुल्क काठमाडौ उतारेरै भए पनि चुनाव आफ्नो पक्षमा बनाउन उनी अर्थ संकलनमा लागेको बताइन्छ ।
No comments:
Post a Comment