मलेसिया सरकारले अवैधानिक र वैधानिक दुवै श्रमिकहरुलाई वायोमेटिक प्रणालीमा सहभागी हुन आग्रह गरेको छ ।
जसका लागि जुलाई ११ तारिख देखि अगस्ट ७ तारिख सम्म करीव एक महिनाको समयावधि तोकिएको छ । कि वैधानिक वन या घर फर्कको नी्तिलाई कडाईका साथ कार्यान्वयन गर्नका लागि उसले यस्तो नीति अपनाएको हो ।वैदेशिक कामदार सम्वन्धि समितिका अध्यक्ष तथा मलेसियाका उपप्रधानमन्त्रि मुहायदिन यासिनले वुधवार साझँ यसको घोषणा गरे लगतै नेपाली राजदुतावासले पत्रकार भेटघाट कार्यक्रम गर्दै मलेसिया सरकारले ल्याउन लागेको घर फर्क या वैधानिक वन कार्यक्रममा सहभागि हुन सवै नेपालीहरुमा आग्रह गरेको छ ।
राजदुत डा.श्रृषिराज अधिकारीले भने, मलेसियाले पहिलो पटक वायोमेटिक प्रणालीको शूरुवात गर्देछ यस कार्यक्रममा हामि सवैजना सहभागि हुनै पदर्छ यदि सहभागि नभैकन अटेर गरेर वसियो भने भोली त्यसले नराम्रो असर पर्न सक्छ ।
उनले वायोमेटिक प्रणालीमा भाग लिएर यही काम गरेर वस्ने या घर फर्कने हो निश्चित गर्न आग्रह गरेका हुन् । कार्यक्रममा मलेसिया भरी वायोमेटिक गर्ने अवधि जुलाई ११ तारिख देखि अगस्ट ७ तारिखसम्म रहने र त्यसका लागि मलेसिया सरकारले दुई सय भन्दा वढि स्थानको छनौट गरिसकेको र यसमा सहभागी भएर धेरैभन्दा धेरै नेपाली श्रमिकहरुलाई वैधानिक वन्न दुतावासले आग्रह गरेको छ । सवै नेपालीहरुले समयमै जानकारी पाउन भन्ने उदेश्यले नेपाली राजदुतावासले मलेसियामा रहेका नेपाली संचार माध्यम, टेलिकम, रेमिटान्स कम्पनी, नेपालमा रहेको संचार माध्यम, गैर आवासिय नेपाली संघ, मलेसियामा रहेका विभिन्न संघसंस्था तथा समाजहरु संग सहकार्य गरेर कार्यक्रमलाई सफल वनाउन लागि पर्ने बताएको छ ।
वैधानिक र अवैधानिक वन्ने सम्वन्धि प्रकृया अगाडि वढ्न थालेपछि सवैले यसलाई निकै महत्वका साथ हेरिरहेका छन । अवैधानिक रुपमा काम गरिरहेका धेरैजसो नेपाली श्रमिकहरुले यतिवेला सेक्युरिटि कम्पनीमा काम गरिरहेको कारण उनीहरुले यसलाई अझ चासोको रुपमा लिएका छन । तर मलेसियन सरकारले वुधवार साझँको घोषणामा सेक्युरिटि सम्वन्धि कुनै पनि कुरा सार्वजनिक गरेको छैन ।
दुतावाससंग भएको छलफलमा पनि स्पष्ट सेक्युरिटि सम्वन्धि कुरा नराखेको कारण यसै भन्न नसकिने श्रम सहचरी सूर्यप्रसाद भण्डारीले जानकारी दिए । तर, नेपाल सरकारले भने सेक्युरिटिको लागि माग गरिरहेको पत्रकार भेटघाटमा जानकारी गराइयो । मलेसियाले यसलाई अन्तिम पटक अवसरको रुपमा लिएको छ यदि अहिले पनि अटेर गरेर अवैधानिक रुपमा रहेर काम गर्ने हो भने सजायको भागिदार हुनु पर्ने यहाँस्थित गैरसरकारी संस्थाहरुले बताउँदै आएका छन् । मलेसियामा हाल करीव १९ लाख विदेशीहरु अवैधानिक रुपमा काम गरिरहेको अनुमान छ जसमा नेपाललगायत इण्डोनेसिया, वंगलादेश, भियतनाम, म्यानमार, लिपिन्स, पाकिस्तान,भारतलगायतका देशहरु रहेका छन ।
No comments:
Post a Comment