रोजगारीका नाममा दलालहरूले ठूलो संख्यामा सर्वसाधारण नेपालीलाई नक्कली कागजातको आधारमा थाइल्यान्डमा ल्याएर आफूहरू फरार हुने प्रवृति बढ्दै गएकाले दलालमार्फत वैदशिक रोजगारीमा जाने प्रलोभनमा नपर्न बैङ्ककस्थित नेपाली दूतावासले अनुरोध गरेको छ ।
दूतावसले एक विज्ञप्ति प्रकाशित गरी थाइल्यान्डको राजधानी बैङ्ककलगायत युरोपका विभिन्न देशमा राजेगारीका लागि दलालमार्फत थाइल्यान्ड आई आफूहरू ठगीमा परेको भनी दूतावासमा आउने नेपालीको संख्या दिन–प्रतिदिन बढ्दै गइरहेको जनाएको छ । दूतावासका अनुसार प्राप्त निवेदन एवम् उजुरीलाई हेर्दा किम भन्ने परशुराम गुरुङले विभिन्न छद्म नाममा ठग्ने गरेको, भीम गुरुङ भन्ने सन्दिप राईले आफूलाई नेपाली सेनाको मेजर भन्दै ठगी गरेको पाइएको र अर्जुनबहादुर शाही, हरिप्रसाद राई, शिवजङ्ग लिम्बु, मायादेवी कामी तिलक गुरुङ, कमल श्रेष्ठ, विनोद थापालगायतका व्यक्तिहरू ठगीमा संलग्न रहेको देखिन्छ । रोजगारीको सिलसिलामा थाइल्यान्ड आउन चाहने नेपाली नगारिकलाई सर्वप्रथम थाइल्यान्डले रोजगारीका लागि नेपालबाट कामदार ल्याउन दिएको छ—छैन, कुन कम्पनी वा संस्थाले मगाएको हो, यहाँ आएर के काम गर्ने, मासिक कति तलब पाइन्छ, नेपालमा ती कम्पनीका ऐजन्टहरू छन्—छैनन् आदि सम्पूर्ण बुझेर मात्र आउन दूतावासले सुझाव दिएको छ ।
No comments:
Post a Comment