नेपालका नेताहरूको ताल देखेर देशमा रहेका नेपाली मात्र होइन विदेशमा रहेकाहरू समेत दिक्क भइसकेका छन् ।
सत्ता र भत्ताको लोभमा अल्झिने नेताहरूलाई अब प्रवासी नेपालीहरूले समेत तहगाउने भएका छन् । शान्ति र संविधानको एजेण्डा बिर्सिएर कोरियामा आउने नेपाली नेतालाई कालो झण्डा देखाईने कोरियावासी नेपालीहरूले बताएका छन् । संविधान सभाको ३ बर्षे कार्यकाल बिर्सिएर देशलाई भिरको डिलमा पु¥याएका नेपाली नेताहरूलाई कोरियावासी नेपालीहरूले यस्तो चेतावनी दिएका हुन् ।नेपालमा झलनाथ, झक्कु लगायत विभिन्न पार्टीका नेता तथा सभासद्ले झापड खानु परेको घटना अझै सेलाएको छैन । कोरियामा बिभिन्न पेशामा आबद्ध नेपालीहरूले प्रवासमा रहेका राजनीतिक पार्टीका संगठनहरू पनि प्रवासमा रहेका नेपालीको दुःख पीडामा मलम लगाउनेभन्दा पनि आफ्नो पदको लागि झगडा र महाधिवेशन भन्दै नेपालका भ्रष्ट र लाचार नेताहरूलाई बोलाउनमा नै व्यस्त रहेको आरोप पनि लगाएका छन् । उनिहरूले सञ्चारकर्मीहरूले पनि प्रवासमा बस्ने नेपालीहरूको दुःख,पीडा भन्दा पनि तिनै संगठनका समाचारलाई प्राथमिकता दिएको भन्दै आक्रोस पोखेका थिए ।–अशोक मैनाली
No comments:
Post a Comment