5/22/2011

शरीरमा चुम्बक

मानिसको शरिरमा पनि चुम्बकिय शक्ति हुन्छ भन्दा चाहि धेरैलाई पत्यार नलाग्ला । यो अब कुनै काल्पनिक र मनगढन्ते कुरा नभई वास्तविकता बनेको छ । क्रोसियाका एक ६ वर्षे बालकको शरिरमा चुम्बकिय शक्ति भएको समाचारले विश्वका लाखौ जमातलाई तिन छक्क बनाइदिएको छ ।

इभान स्टोल्जकोभिक नामका बालकको शरिरमा चुम्बकिय शक्ति भएकै कारण उनको शरिरमा किचनका चम्चा, काटा, फ्राइङ प्यान, मोबाइल, चक्कुलगायत अन्य धातुका घरेलु सरसामान टाँसिने गरेको परिवार स्रोतलाई उधृत गर्दै बेलायती पत्रिका मिररले जनाएको छ ।
उनी शरीरमा टाँसिएका २५ किलोग्रामसम्मका चुम्बकीय वस्तु बोकन सक्छन् । तर यसरी बोक्दा चाँडै थकाइ लाग्ने गरेको बताउँछन् । यो अवस्थामा अचम्मको दैवीशक्ति पनि देखिन्छ रे । कसैलाई पेट दुखेमा वा कुनै शारीरिक समस्या भएमा उनको हात त्यस भागमा राखिदिए निको हुन्छ ।
एक पटक हजुरबुबाको पेट दुखेको र पछि इभानले आफ्नो हात उहाँको पेटमा राख्दा तातो भई निको भएको परिवारका सदस्यहरुको दावी छ ।
चमत्कारी यी बालकले संसारका धेरै बैज्ञानिकहरुको ध्यान आफूतिर खिच्न सफल भएका छन् । रहस्य र चमत्कारै चमत्कारले भरिपूर्ण यो ब्रम्हृाण्डमा इभान अहिले बैज्ञानिक अनुसन्धानको विषय बनेका छन् ।

No comments:

Pages