गैर आवाशिय नेपाली संघ पोर्चुगलको तेश्रो अधिवेशनका लागि उमेदवारी दर्ता नामावली निर्वाचन समितिले र्सार्वजनिक गरेको छ ।
विगतमा भन्दा यस पटक भने धेरै नयाँ अनुहारहरुले आफ्नो उमेदवारी दर्ता दिएका छन् । मे २९ का दिन हुने तेश्रो अधिवेशनको तयारी अनुसार धेरै पदका उमेदवारहरु निर्विरोध हुने सम्भावना रहेको छ । उमेदवारीको अन्तिम नामावली मे २१ मा र्सार्वजनिक हुने छ ।निर्वाचन समितिले दिएको जानकारी अनुसार अन्तराष्ट्रिय समन्वय सदस्यमा पूर्ण हमाल, अध्यक्षमा रमेश गुरुङ, उपाध्यक्षमा दुई जना डिलाराम चापागाईं र पेम्बा शेर्पा, कोषाध्यक्ष सुरेन्द्र अमागाई
सचिवमा २ जना योगेन्द्र मिलन छन्त्याल र नविन गौतम, सह सचिवमा सोनाम दोर्जे योन्जन लामाले उमेदवारी दिनुभएको छ ।
त्यसै गरी लेखा समिति अध्यक्षमा खेम जुग्जाली मगर र सदस्यमा भेषराज आचार्यले आफ्नो उमेदवारी दर्ता गर्नुभएको छ भने महिला र युवा प्रतिनिधिमा क्रमशस् सीतादेवी बाँस्तोला बराल र गोविन्द दाहाल मनोनयन दर्ता भएको छ ।
सदस्यका लागि उमेश गुरुङ, कन्चन श्रेष्ठ ,कमल प्रसाद भट्टराई,गिरि प्रसाद गाहा मगर,जय कला राइ, दिलिप कुमार सुनार,धनराज शेर्पा, धर्म लाल कंडेल मदन,पुरुषोत्तम सुबेदी दामोदर,लाल बहादुर पुन,विष्णु प्रसाद सापकोटा,सुमन चौलागाई रहनु भएको छ । ११ जना सदस्यका लागि १२ जनाको उम्मेदवारी परेको छ । श्रोतका अनुसार कसैको दावी विरोध र उमेदवारी फिर्ता गर्न चाहेको खण्डमा पूर्व निर्धारित कार्यक्रम अनुसार मे २५, २०११ दिउसो १२ बजे सम्म निर्बाचन समितिमा लिखित जानकारी गराउनु पर्ने छ ।
No comments:
Post a Comment