5/28/2011

गुडबाई संबिधानसभा

रमिला नेपाल
मोही माग्ने अनि  ढुग्रो लुकाउने । नेपालीमा प्रचलित उखान हो । जे चाहिएको हो ,  त्यो माग्न लाज लाग्ने ,  अरुले के भन्ला भन्ने डर गर्ने । अनि नचाहिने कुरा गरेर समय खेर फाल्ने । आजको संबिधानसभाको स्थिती यहि हो ।

सर्बबिदितै छ , यो संबिधानसभा सबै पक्षले रणनीतिक हिसाबले स्विकार गरेको हो  । यस संबिधानसभालाई सफल बनाउन भनेर  गिरिजाप्रसाद तथा प्रचण्डजीले जून किसिमको सम्झौताहरु पार्टि भित्र र बाहिर सबै पक्ष संग जसरी गर्नुभएको थियो । त्यो केबल अदुरदर्शी भनौ वा केबल क्षणिक रणनीतिक चाल मात्र थियो । आज त्यसको प्रभाब प्रत्यक्ष रुपमा देखिएको छ । स्पष्ट छ , यो संबिधानसभाले दुबै पक्षलाई जित दिलाउन सक्दै सक्दैन । यसमा कुनै पक्ष हार्नु पर्ने नै हुन्छ । यदि एउटा पक्षले आत्मासमर्पण गर्न तयार हुन्छ भने यस संबिधानसभाले संबिधान दिन्छ । तर पनि त्यो संबिधान ले पूर्णरुपमा सबै पक्षको आत्मा सन्तुष्टी गर्दैन । यो संबिधानसभाको दायित्व ठूलो छ । कारण यसमा स्वदेशी तथा बिदेशी पक्षहरुको लगानी धेरै छ । जून जनताको नाममा बिभिन्न ब्यानर र संगठनका नाममा धेरै कुराहरु उठान गरिएको  छ । त्यो पूरा हुनु भनेको गृहयुद्धमा जानु हो ।
आज सम्मानित नेताज्यूहरुले जानेर हुन् वा नजानेर जनता भन्ने कुरालाई पूर्णरुपमा बिर्सिनु भएको छ । लोकतन्त्रमा जनता सर्बोच्च हो त भन्नु हुन्छ । तर ब्यबहारमा त्यस्तो गर्न जानी राख्नु भएको छैन । उहांहरु महात्मा गान्धी बन्न चाहि राख्नु भएको छ । देशलाई टुकएर महान बन्ने । शान्तिको नाममा आफै गोली खाएर मर्ने र अन्नत काल सम्म देशमा द्धन्द बढाई राख्ने ।
उहांहरुलाई कसैले यो भ्म दिई राखेको छ । यो संबिधानसभा एक मात्र र्निबिकल्प हो । उहांहरु पनि त्यही भ्ममा हुनु हुन्छ ।  कारण ब्यापारीहरुलाई लगानी खेर जाला भन्ने ठूलो डर हुन्छ । आखिर अन्तिम  निर्णय गर्ने त जनतानै हुन नि ? किन यो आकास नै खस्ला जस्तो गरेर कोलाहल मच्चाई राखेको ? राजनितिज्ञले बुझ्न पर्दछ । राज्य भन्ने कुरा कहिले पनि सुन्यतामा रहदैन । किन भने त्यहां सर्बोच्च निर्णायक जनता सधै हुन्छन् ।

अहिले नेपालको सन्दर्भमा केही बिद्धानहरुले जून किसिमको सुन्यताको कुरा गरिराख्नु भएको छ । त्यो केबल एमाले प्रबित्ति हो । यो खराब एमाले प्रबित्तिले नेपाललाई कहिले पनि निकास दिदैन । आज संबिधानसभाको सन्दर्भमा जून किसिमको सैदान्तिक कुराहरु बाहिर आएको छ । यसमा एमालेको सैद्धान्तिक अडान के हो देख्नु हुन्छ ? यसमा उसको कुनै सैद्धान्तिक अडान छैन । अर्थात उसको आफ्नो सिद्धान्त के हो भन्ने नै उसलाई थाहा छैन । उसलाई डर छ , भोलीको सिद्धान्तको राजनीतिमा आफ्नो अस्थित्व समाप्त हुने । त्यसैले यस्ता प्रबित्तिका सोच भएका ब्यक्तिहरु मध्यमार्गको नाममा सधै आफ्नो स्वार्थलाई निर्बिकल्पको रुपमा प्रस्तुत गर्दछन् ।
माओबादीले भनेका छन् , जनसंबिधान । कांग्रेसले भनेको छ , लोकतान्त्रिक संबिधान । खै एमालेको संबिधान ? यो दुई जिब्रे सोच , बिचार र प्रबित्ति नै आज नेपालको अग्रगमनको निम्ती बाधक हो । आज स्पष्ट रुपमा दुई पक्ष देखिएको छ । यस दुई पक्षलाई भिडाएर सधै भाले बनेको एमाले , भोली उक्त भाग नपाउला भनेर आत्तिनु स्वभाबिक नै हो  । कांग्रेस आफूलाई लोकतान्त्रिक पक्ष भन्दछन् । माओबादी आफूलाई जनतान्त्रिक पक्ष भन्दछन् । समग्रमा दुबै पक्ष आफ्नै किसिमको प्रजातन्त्रमा बिश्वास गर्ने पक्षहरु हुन् । दुबै पक्ष जनतालाई सर्बोच्च मान्दछन् । तर एमाले ? उ दुबै पक्षमा छ र दुबै पक्षमा छैन , पनी ।
                ज्याला पुरा लियौ , अब संबिधान देऊ
त्यसैले यो सधैको छलछाम र जालझेलको राजनीतिले आखिर कुनै निकास दिने हुदै हैन । यदि निकास दिने नाममा अब पनि फेरी कुनै छलि राजनीतिक सम्झौता गरेर पार पाउन खोजियो भने , लाभ अरु कसैलाई हुदैन । त्यो लाभ एमालेलाई नै हुन्छ । साहेद त्यस पछि प्रधानमन्त्री एमालेकै कुनै नेता बन्दछ ।  । संबिधान नबन्ने त निस्चित हुन्छ नै । जनताबाट पनि तिरस्कृत हुने निस्चित छ । त्यसैले यस संबिधानसभालाई सरी भन्दै , बिदा दिउ । जनतामा जाउ , आखिर सबैले आफूलाई जनताको पार्टि भनेकै हो । जनताबाट निर्बाचित भएर , आऊ ।  जनताबाट आफ्ना राजनैतिक एजेन्डा अनुमोदन गरेर ल्याउ । त्यस पछि बनाऊ , संबिधान ।
हैन , टेबुलमा बसेर देशलाई स्वर्ग बनाउने सपना देख्नु हुन्छ भने , ठिकै छ ।  फेरी एक चोटी सबै मिलेर १२ बजे जनतालाई बेबकुफ बनाऊ । त्यस पछि तपाईहरुलाई सधै जनताले बेबकुफ बनाउने छ । त्यसैले भनौ , सरी संबिधानसभा , गुड बाई , नेभर सि यू अगेन ।True Blood: The Complete Third SeasonOne True LoveHarry Potter and the Deathly Hallows, Part 1The Pastor's WifeIl Volo

No comments:

Pages