वैदेशिक रोजागरका लागि दोहा आएका काभ्रे, देऊपुर २, का २१ वर्षिय अजय ढकाल शान्तिनगर, वानेश्वर काठमाण्डौस्थित ईसीई म्यानपावरका एजेन्टबाट ठगिएका छन् ।
दोहास्थित एक प्रतिष्ठित होटलमा वेटरका लागि भनेर आएका अजयले आफुलाई अर्को होटलको भिषा लगाएर दोहा पठाइएको तथ्य यहाँ आएपछि मात्र थाहा पाएको बताए । ‘गुलिया आश्वासन दिएर एजेन्टले ठग्यो’ उनले भने । म्यानपावरलाई ९० हजार तिरेर आएका अजय प्लस टु पास गरेर स्नातक पढदै गरेका थिए । एजेन्ट सिन्धुपाल्चोका कृष्ण सापकोटाले एक हजार तलव, खानवस्न र ओभरटाईमको सुविधाको प्रलोभन देखाएर आफुलाई फसाएको पिडीत अजयले वताए । उनका साथै जनकपुरका इन्द्रेश यादव पनि सो म्यानपावर एजेन्टको ठगिमा परेका छन् । उनीहरुलाई अर्कै होटलका मान्छेले लगेर ८ सयमा क्लिनिङ्ग, वेटर सवै काम गर्ने भए गर नत्र गए हुन्छ भनेकाले पिडीत दुवै नेपाली दूतावासको शरणमा आएका हुन् ।
No comments:
Post a Comment