5/26/2011

एनआरएन युएई गन्हायो

एनआरएन युएईका अध्यक्ष चुडामणि ढकाल उर्फ सि.एम. ढकालले इञ्जिनियर राधेश्याम भगतको श्रम शोषण गरेको घटना सेलाउन नपाउँदै उपाध्यक्ष शेष नारायण झाले  करीब २ लाख  दिराम ठगी  फरार भएको अर्को घटनाले एनआरएन युएईमा खैलाबैला मच्चिएको छ ।
झाले यूएईमा कार्यरत  नेपालीहरूको  रकम ठगी फरार भएको स्रोतले जानकारी दिएको छ। विभिन्न संघसंस्थाको अध्यक्ष, उपाध्यक्ष लगायतका पदमा रहेको प्रचार गर्दै हिड्ने झा यूएईका लागि नेपाली राजदुत अर्जुनबहादुर थापाका बिशेष बिश्वास पात्र समेत मानिन्छन् ।
यूएईको दुबइ स्थित माउन्ट रोयल होटलमा नाइट क्लब म्यानेजरको रुपमा कार्यरत बसन्तपुर रौतहटका झा रकम ठगी गरी फरार भएको र कारबाहीका लागि नेपाली दुतावासमा निवेदन दिइएको जानकारी प्राप्त भएको छ । उनी विरूद्ध निवेदन दिइए पनि राजदूत थापाले यस बिषयमा कारवाही प्रक्रिया अगाडि बढाउन कुनै चासो नदिएको स्रोतले बतायो ।
झाले आफु कार्यरत होटलका  नेपाली महिला, होटल मालिक,तथा क्लब क्लाइन्टसँग लिएको पेस्की बापतको रकम एकमुष्ट लिएर फरार भएको बुझिएको छ ।
एनआरएनको नाम बेचेर विगतदेखि नै अवैध धन्दा गर्दै आएका  झाले लामो समयदेखि नेपाली महिलाहरूको तलब समेत पुरा नदिएको पीडितहरूले गुनासो गरेका छन् । उनले क्लबमा कार्यक्रम गर्न लिएको पेश्की रकम समेत लिएर फरार भएको जानकारी प्राप्त भएको छ ।
युएईमा एनआरएनको जन्मदेखि नै विवाद रहदै आएको कसै सामु लुकेको छैन । एनआरएन युएईका पहिलो अध्यक्ष सीपी सापकोटाले ४ वर्षसम्म एकलौटी हकैम चलाएको आरोप उनी माथि छ । त्यस्तै दोश्रो अध्यक्ष पि.एस. लिम्बु युएईमा मात्र नभई सिंगो एनआरएनभरि नै विवादमा मुछिए भने तेश्रा अध्यक्ष ढकाल अहिले पनि विवादित छन् । एनआरएन युएईको नेतृत्व गरेकाहरू माथि मेनपावरको दलाली गरेको, मेनपावरलाई ठगेको, खल्लीबल्ली कामदारलाई रोजगार दिने नाममा अवैध र सस्तो श्रमिक बनाएको, नेपाली दूतावासले आफू अनुकूलको काम नगरिदिएको झोकमा दूतावास विरुद्ध प्रचारबाजी गर्दै हिडेको, नेपाली कामदारको श्रम शोषण गरेको र विभिन्न संघसंस्थाको नाम बेचेर खाएको जस्ता दर्जनौं आरोपहरू लागेका छन् । युएईमा एनआरएनको जन्मसँगै एकले अर्का विरूद्ध छदमभेषी नाममा विभिन्न अनलाइन संञ्चार माध्यममा चरित्र हत्या समेत गरेका छन् जसको सिको सिंगो एनआरएनले गरेका छन् र व्यक्ति पिच्छेका अनलाइनको बाढी आएको छ ।

No comments:

Pages