मलेसिया । करिव १९ लाख अबैधानिक श्रमिक रहेको मलेसियाले अबैधानिक कामदारलाई घर फर्किने वा वैधानिक बनेर मलेसियामै काम गर्ने अबसर प्रदान गर्ने भएको छ ।
मलेसिया सरकारले गत बर्ष नै अबैध कामदारलाई बिना जरिवाना घर फर्किन पाउने अबसर अर्थात बुङकुस खोल्न लागेको भएपनि बायोमेट्रिक सिस्टम लागू गर्न लागेकाले ढिलाई भएको थियो । घर फर्किने अबसरमात्र दिंदा अन्य खाडी मुलुकमा त्यति सफल नभएको तथा अबैध कामदार लुकेरै बस्न चाहेका कारण मलेसियाले दुईवटा बिकल्प खुला गर्न लागेको हो ।
मलेसियाका लागि नेपाली राजदूत डा। ऋषिराज अधिकारीले मलेसिया सरकारले गो होम अर स्टे फर वर्क अर्थात घर र्फक वा वैधानिक बनेर काम गर भन्ने अफर ल्याउन लागेको जानकारी दिनुभयो । ‘मानव संसाधन मन्त्रालयले हामीलाई छलफलका लागि बोलाएको थियो’( राजदूत अधिकारीले भन्नुभयो(’मिति स्पष्ट नबताएपनि सो अफर ल्याउने तयारी भइरहेको उनीहरुले जानकारी दिएका छन् ।’
अधिकारीका अनुसार स्वदेश र्फकन चाहानेलाई न्यूनतम जरिवाना लिएर र मलेसियामै बस्न चाहानेलाई बिना जरिवाना बैधानिक बनेर बस्न दिने मलेसिया सरकारको योजना छ । यी दुवै प्रकृयाका लागि अबैध बिदेशी कामदारले बायोमेट्रिक सिस्टममा आबद्ध हुनुपर्ने छ ।
स्वदेश र्फकन चाहानेहरुले नेपाली दूतावासबाट ट्राभल डकुमेन्ट प्राप्त गरेपछि आफैंले टिकट लिएर जानुपर्नेछ । घर फर्किनेलाई न्यूनतम जरिवाना लिने मलेसियाले जनाएको छ । तर नेपालले भने सून्य जरिवानामा घर फर्किने अबसर प्रदान गर्न आग्रह गरेको अधिकारीले जानकारी दिनुभयो । यसरी बायोमेट्रिक प्रणालीमा आबद्ध भएर स्वदेश र्फकनेहरुले पुनः मलेसिया आएर काम गर्न पाउनेछन् । स्वदेश फर्किएपछि पुनः मलेसिया आउन नपाइने हल्ला फैलाइएको भन्दै राजदूत अधिकारीले त्यो निराधार रहेको बताउनुभयो ।
मलेसियाले ल्याउन लागेको सवैभन्दा महत्वपूर्ण अबसर भनेको स्वदेशमै बसेर कानुनीरुपमा काम गर्न पाउने अबसर हो । भिसा नभएपनि बिदेशी अबैध श्रमिकले जहाँ काम गरेको त्यहींबाट रोजगारदातासँगको सहमतिमा कानुनी हैसियत प्राप्त गर्ने प्रकृया थाल्न सक्ने राजदूत अधिकारीले बताउनुभयो । तर मलेसिया सरकारले तोकेका क्षेत्रमा मात्र नयाँ भिसा लिन पाइने छ । सेक्युरिटी गार्ड लगायतका कतिपय क्षेत्रमा मलेसियाले बिदेशी कामदार लिन प्रतिबन्ध लगाएको छ । तर, कतिपय नेपाली श्रमिकहरुले अबैधानिकरुपमा सेक्युरिटी गार्डका रुपमा काम गरिरहेका छन् । बैधानिक बन्ने प्रकृयामा उनीहरुले सेक्युरिटी गार्डकै रुपमा भिसा पाउन भने सक्नेछैनन् ।
मलेसियन सरकारसँग निकट एक उच्च स्रोतले दिएको जानकारी अनुसार मलेसियाले जुन महिनाको १ देखि १५ तारिखभित्र यस्तो अफर ल्याउन सक्ने प्रवल सम्भावना छ । यसरी ल्याइएको अफर करिव १ महिनाभन्दा बढी नहुने बताइएको छ । मलेसियामै बसेर काम गर्न चाहेको खण्डमा बायोमेट्रिक प्रणालीमा आबद्ध भई भिसा लिन सकिने छ र नेपाली दूतावासले त्यस्ता नेपाली श्रमिकलाई पासपोर्ट उपलब्ध गराउने छ ।
बैधानिक बन्ने प्रकृयाका लागि बिभिन्न संस्थाहरुलाई दर्ता गर्ने एजेन्टका रुपमा नियुक्त गर्न लागेको बताइएको छ ।
मलेसियामा रहेका अबैध कामदारलाई बैध बनाउने प्रकृया सुरु हुने भएपछि नेपालबाट नयाँ कामदार ल्याउने प्रकृया भने केही समयका लागि अबरुद्ध हुने छ ।

No comments:
Post a Comment