6/01/2011

रहदानी किर्ते भएका आचार्यको अझै उद्धार हुन सकेन

नेपाली क्लबका सँस्थापक अध्यक्ष समेत रहेका द्विप बहादुर खड्काले आफ्नो राहदानीमा किर्ते गरेर भागे पछि अलपत्र परेका कास्की भरत पोखरीका ऋषिराज आचार्यको अझै उद्घार हुन सकेको छैन ।
नेपाली क्लबको बिशेष पहल र बिभिन्न सँघ(सँस्थाहरुको दवाबका कारण नेपाल सरकारकै निर्देशनमा बहराइन आएका नेपाली दुताबास साउदी अरबका प्रतिनिधिहरुले पनिििपडितको उद्घारमा त्यती चासो नदेखाएको बुझिएको छ । दुई हप्ता पहिले बहराइन आएका नेपाली दुताबासका प्रतिनिधीहरु तिन दिन यहाँ बसेर फर्किए । फर्कने बेलामा प्रतिनिधीहरुले एक हपता भित्र काम हुन्छ भन्ने आश्वासन दिएर गएका भए पनि अहिले सम्म काम हुन सकेको छैन । यसरी सरकार मातहतका कुटनितिक कामहरुमा ढिला सुस्ती भएकोले के कारण हो पत्ता लाउने र अन्य बिकल्प खाज्ने भनि नेपाली जनप्रगतिशील माच बहराइनले आयोजना गरेको बैठकमा थोरै सँघ(सँस्थाहरुको मात्रै सहभागिता रह्यो ।
बैठकमा नेपाली जनप्रगतिशील माच लगायत नेपाली क्लबतमू समाज एन।आर।एन।ए। तामाङ्ग सेवा समाजभोजपुर हातेमालो सेवा समिति मगर सँघ अनि ब्यवसायी सुबास थापा र पिडीत ऋषिराज आचार्यको सहभागीता रहेको थियो । ज्ञात(अज्ञात शहिदहरुको सम्झनामा एक मिनेट मौनधारण गरेर सुरु भएको बैठकमा ऋषिराज आचार्यकै बिषयमा सिमित रहेर छलफल भएको थियो । यद्दपि यसरी जनप्रगतिशील माच समेत सामेल रहेर समस्याहरुको बारेमा क्लबमा आवद्घ सँघसँस्थाहरु सँगको छलफल भएको पहिलो पटक हो । उक्त बैठकका निर्णयहरु वस्ताको तस्तै
प्रस्ताब न. १ को निर्णय शहिदहरु कुनै पनि पार्टी समुदाय जात सँगठन वा ब्यक्तिका हुदैनन् । शहिदहरु त सिंगो मुलुक र इतिहाँसका हुन्छन् । शहिदहरुको सम्मान गर्नु हाम्रो कर्तब्य हो । त्यसैले एक मिनेट मौनधारण गरि शहिदहरुमा श्रद्घााजली अर्पण गरियो ।
प्रस्ताब न.२ को निर्णय
क पिडित ऋषिराज आचार्यको समस्यालाई हेर्ने र बिकल्प खोज्नमा सबैको एक रुपा रह्यो । यस बिषयमा आगामी एक हप्ता सम्म यसै प्रक्रियालाई हेर्ने दुताबास सँग भर पर्ने यदी एक हप्ता भित्र कुनै निर्णय हुन नसकेमा सामुहिक रुपमा अर्को बिकल्प खोजी प्रक्यिा सुरु गर्ने जसको नेतृत्व नेपाली क्लबले गर्ने नेपाली क्लबका अध्यक्ष नेपाल जानु भन्दा पहिलो दिन सम्म पनि उद्घार हुन नसके त्यही दिन सबै भेला भएर सिधै परराष्ट्र मन्त्रालय वा नेपाल सरकार र अन्य निकाय सम्म पुर्याउने निर्णय गरियो ।
ख यदी नेपाली क्लब र नेपाली दुताबासको पहलबाट समय मै उद्घार हुन नसकेर नेपाल सरकारलाई कडा दबाब दिनु पर्ने अथवा आन्दोलन नै गर्नु पर्ने स्थिति आएमा नेपाली क्लब र मगर सँघ बाहेक उपस्थित सबै सँघ(सँस्थाहरुको सहभागिता रहने र जसको नेतृत्व नेपाली जनप्रगतिशील माचले गर्ने निर्णय गरियो ।
गऋषिराजको अहिले सम्मको बन्दोबस्ती तथा ब्यवस्थापनको लागि लाग्ने खर्चको प्रायोजनको लागि आर्थिक संकलन गर्ने सम्बन्धमा नेपाली जनप्रगष्तिशील माचले बहराइन दिनार ५१ तमु समाजले ५१ भोजपुर हातेमालो सेवा समितिले २५ एन।आर।एन। ए।ले २१ त्था अन्य सँघ(सँस्थाहरुले स्वेच्छाले संकलन गर्ने जुन काम आगामी शुक्रबार भित्रमा गर्ने निर्णय गरियो ।
समयाभावको कारण अन्य बिषयमा छलफल हुन सकेन । अन्य तथा अपुग खर्चहरु र आचार्यको टिकटको लागि लाग्ने खर्च पनि क्लबले लगानी गरेको छ ।

No comments:

Pages