5/30/2011

इङ्गेजमेन्ट भएको तीन दशक पछि विवाह

Il Voloइङ्गेजमेन्ट गर्नु भनेको तत्काल विहेका लागि मिति तय गर्नु हो । सामान्यतया इङगेजमेन्ट भएको एक महिना र त्यसको आसपासमा विवाह हुन्छ ।
निकै बढी लाग्यो भने एक वर्षमा । तर बेलायती एक जोडीले इङ्गेजमेन्ट भएको २८ वर्ष पछि विवाह गरेको छ । २८ वर्ष सम्म विवाह नगर्नुको कारण के हो?
पछिल्लो समयमा मानिसले विवाहलाई भन्दा बढी प्रेमलाई महत्व दिन थालेका छन् । कतिपयको यस्तो पनि धारणा छ कि विवाह पछि प्रेम कम हुदै जान्छ । तर यो कुरा सबैमा लागु हुन्छ भन्ने पनि छैन । पछिल्लो पुस्ता प्रेम विनाको विवाहलाई स्वीकार्न सम्म पनि सक्दैन । तर हाम्रो समाजमा अझै पनि विवाह पछि प्रेम गर्ने चलन विद्यमान छ ।Something Borrowed
खास गरी पश्चिमा मुलुकमा विवाह भन्दा बढी प्रेमलाई महत्व दिन प्रचलन हावी भएको छ । यति मात्र होइन लामो समय सम्म प्रेम गर्ने र बुढेसकालमा विवाह गर्ने चलन पनि सुरु हुन थालेको छ । हो यस्तै भएको छ बेलायतमा ।
One True Loveबेलायतमा यस्तो जोडि भेटिएको छ जसले आफ्नो जीवनको सम्पूर्ण जवानी प्रेममा लगायो र इङ्गेजमेन्ट भएको २८ वर्ष पछि मात्र विवाह गरेको छ । बेलायतका इवान ब्राउन र बारबरा फर्लागरले इङ्घेजमेन्ट भएको तीन दशक पछि मात्र विवाह गरेका छन् ।
एउटै अस्पतालमा कार्यरत ६३ वर्षीय ब्राउन र ५५ वर्षीया फर्लागरको पहिलो भेट १९८१ मा भएको थियो । संगै काम गर्दा बोल्दा कहिले प्रेम भयो उनीहरुलाई पत्तो नै भएन । बिहे गर्ने निर्णय पछि दुबैले इङ्गेजमेन्ट पनि गरे तर विहेको बन्धनमा बांधिन उनीहरुले धेरै लामो समय कुर्नु पर्यो ।True Blood: The Complete Third Season
Born This Way (Special Edition)आखिर किन उनीहरुले विहेको लागी तीन दशक कुर्नु पर्यो त । तर यसको उत्तर भने त्यति गाह्रो छैन । ब्राउन भन्छन्– “कामका कारणले विवाह गर्ने फूस्रद नै भएन ।” विवाह नभए पछि आपसी समझ्दारी भएका कारण उनीहरु संगै बस्दै आएका थिए । फर्लागर भन्छिन्– “मन मिलेपछि विवाह भन्ने कुरा जहिले गरे पनि हुन्छ । मुख्य कुरा आपसी समझ्दारी हो ।” व्यवस्तताका कारण विवाह नगरेको बताउने यो जोडीले कामबाट अवकास लिए पछि मात्र विवाह गरेको हो ।

1 comment:

subash Adhikari said...

Wow, we should read very carefully this post. it teach us that human first responsibility is his work thereafter other. So, thank you for this.

Subash Adhikari

Pages