6/04/2011

जति किरिया बसे पनि नबन्ने भो संविधान

समयभित्र संविधान निर्माण गर्न नसक्ने सभासद्हरूलाई मृत घोषित गर्दै बारा सिमराका एक मजदुर सभासद्को किरिया बसेका छन् । चेतनशील मजदुर समूह सिमराका ४८ वर्षीय दुर्गादत्त अधिकारी सात दिनदेखि किरिया बसेका छन् ।
मजदुर अधिकारीले सभासद्हरूको कुशको शव बनाई खोलामा लगेर दाह संस्कार गरेका छन् भने माटोको पिण्ड दिएर कपाल खौरेर सेतो धोती लगाएर सनातन धर्म अनुसार सिमरा बजारमा काज–क्रियामा बसेका छन् ।
मजदुर मैत्री संविधान निर्माणको कार्यभार बिर्सेर सभासद्हरू राजनैतिक खिचातानीमा लागेका र नेपाली नागरिकले विश्वास गरेर आफ्नो मूल्य मत दिई जिताएर पठाएका सभासद्हरूले पटक–पटक समयावधि थपेर पनि नेपाली जनतालाई झक्याउँदै सुरा र सुन्दरीमा लिप्त भएर संविधान बनाउन ध्यान नदिएकोमा उनले रुष्ट हुदै भने–“अब उनीहरू मरेतुल्य भएकाले क्रियाकर्म गर्न बाध्य भएको हुँ ।” आपूmले जिताएर पठाएका आप्mना–भनाउँदाको किरिया त गर्नै प¥यो –उनले भने । किरिया बसेको ठाउँमा उनलाई हेर्न स्थानीय बासिन्दाको घुइँचो नै लागेको छ ।
सिमरा–३ नरबस्तीका श्याम कार्कीले नेताहरूले जनतालाई झुक्याएका हुनाले अधिकारीले गरेको कार्य ठीक भएको बताए । उनले भने सभासद्लाई आप्mनो काम भुलेर अन्तै घुम्नुको यो सजाय पनि हो । सिमराका चन्द्र पौडेलले नेताहरू मरे समान नै भएकाले जनाक्रोशको रूपमा यसलाई लिनुपर्ने बताए ।
अधिकारी बहुराष्ट्रिय कम्पनी सूर्य नेपालमा कार्यरत मजदुर हुन् ।

No comments:

Pages