6/03/2011

गृहमा महराको दादागिरी

गृहमन्त्री कृष्णबहादुर महराले गृह मन्त्रालयमा माओवादीनिकट कर्मचारीको सिफारीसमा कर्मचारीको हेरफेरको तयारी भएको छ।
खासगरी प्रमुख जिल्ला अधिकारी तथा अध्यागमनमा व्यापक कर्मचारी हेरफेरको तयारीमा मन्त्री महराले अन्तिम कसरत गरिरहेका हुन्। हाल विमानस्थल अध्यागनप्रमुख लगायत १२ वटा प्रमुख जिल्ला अधिकारीको पद रिक्त छन्। उता मन्त्रालयमा १३ जना सहसचिव र १३ जना उपसचिव हाई काडेर बसेका छन् किनकी उनीहरूलाई कुनै जिम्मेवारी दिइएको छैन। दुई सातअघि नै उनीहरूको गृहमा पदस्थापन गर्ने निर्णय भएपनि जिम्मेवारी विमुख बनाइएको हो।
त्यसरी जिम्मेवारविहिन बनाइएका सहसचिवमा गोकर्णमणि दवाडी, गेहनाथ भण्डारी, धुव्रनारायण ढकाल, प्रेमबहादुर खापुङ, बसन्तराज भट्टराई लगायत सहसचिव कामविहिन बनेका हुन्। त्यसैगरी कामविहिन बनेका उपसचिवहरूमा कमलराज ढकाल, गोविन्द प्रसाद रिजाल, चक्र शर्मा, चक्र कार्की, तीर्थराज भट्टराई, प्रेमप्रसाद लुइँटेल, भविश्वर पाण्डे, महेश भट्टराई, योगेन्द्र प्रसाद दुलाल, लुक बहादुर क्षेत्री, सूर्य बहादुर खत्री र हरी बहादुर प्याकुरेल छन्।
दैनिक हाजिर गर्दै गफ चुटेर उनीहरू फर्किने गरेका छन्। स्रोतका अनुसार सिडिओको सरुवाको हिसाबकिताब नमिलेकाले उनीहरूको सरुवामा ढिलाई भएको हो।

No comments:

Pages