6/03/2011

के यौन अश्लील र घृणीत विषय हो त ?

21यौन एउटा सामान्य र प्राकृतिक विषय हो। सन्तान जन्माउन तथा सृष्टि चलाउन इश्वरले दिएको उपहार हो। यसैको कारण इश्वरको सृष्टिले निरन्तरता पाएको छ। संसार चलेको नै यसैबाट छ।

यौन छ र हामी छौँ, त्यसैबाट परिवारको निर्माण भएको छ, एक अर्कामा प्रेम छ, आत्मियता छ, आकर्षण छ। अर्कोरुपमा हेर्दा यौन तनाव हटाउने तथा आनन्द प्राप्तिको सरल माध्यम हो। यौन एउटा प्राकृतिक विषय हो । जस्तो हामी खाना खान्छौँ‚ पानी पिउँछौँ‚ दिशा पिशाब गर्छौँ ।Kindle, Wi-Fi, Graphite, 6" Display with New E Ink Pearl Technology - includes Special Offers & Sponsored Screensavers खाना खान नजाने बीरामी परिन्छ‚ पीउन नजाने पनि बीरामी परिन्छ । खाना खाँदैमा स्वस्थ हुन्छौँ भन्न् छैन यसको लागि पनि तरिका चाहिन्छ‚ समय चाहिन्छ ।True Blood: The Complete Third Season
खाना खाने समयमा खाना खाने‚ सुत्ने समयमा सुत्ने गर्दा नै स्वस्थ हुने हो । कुन समयमा के गर्नुपर्ने हो भनी थाहापाई समय अनुसार गर्नु नै सही हो । त्यस्तै यौन सम्पर्क गर्ने उमेरमा‚ सही समयमा‚ सही वातावरणमा सही व्यक्तिसँग यौन सम्पर्क गर्दा डराउनु पर्ने‚ लजाउनु पर्ने हुँदैन ।
यौन सम्पर्कको समयमा व्यक्ति सारा संसारलाई भुलेर त्यसमा रत रहन्छ, सम्भोगको अन्तीम चरणमा चरमानंद प्राप्त हुन्छ। त्यस क्षणमा व्यक्ति केही सेकेण्डको लागि नै मात्र भएपनि आनन्दको सागरमा डुब्छ, चरमानन्दको रसस्वादन गर्ने मौका पाउँछ। ओशो रजनीशले व्यक्तिले सम्भोगको समयमा समाधिको झल्को पाउँछ भनेर यसैले भनेका होलान्। पूर्वज ऋषिमुनिहरुले यौनलाई किन महत्व नदिएका होलान् भने उनीहरु ध्यानको माध्यमबाट हरपल अखण्ड समाधिमा लीन हुन्थे जसबाट चरमानन्द अखण्डरुपमा हरपल प्राप्त गर्दथे ।
अनि चौबीसै घण्टा ध्यानबाट त्यो चरमानन्द प्राप्त हुने भएपछि सम्भोगबाट केही सेकेण्ड मात्र प्राप्त हुने आनन्द त तुच्छ लाग्ने नै भयो । समुंद्रमा पुगे पछि केही थोपा पानी त गौण हुने भयो नि तर समुंद्र नदेख्नेहरुले त्यही थोपाको आधारमा नै समुंद्रको आँकलन गरी खोज्ने प्रयास गर्ने हो । Zumba Fitness Total Body Transformation System DVD Setतर आज व्यक्तिले ध्यान‚ योग आदि विषय त गर्न बिर्सी सके‚ अनि केही सेकेण्ड नै आनन्द पाउनु पनि ठूलो कुरा भयो ।
हुन त मानिसले अखण्ड चरमानन्दस्वरुप इश्वरलाई प्राप्त गर्न ध्यान‚ साधना गर्दै प्रयत्न गरोस् भनी त्यस तर्फ लालायित गराउन सम्भोगबाट सेकेण्डभरका लागि चरमानन्द प्राप्ति हुने संरचना बनाइदिएका होलान् । जे होस् यौन आनन्द प्राप्तिका विभिन्न माध्यम मध्य एउटा माध्यम हो भन्न सकिन्छ ।Il Volo
तर समाजमा हामीले यौनलाई यति लज्जास्पद र घृणीत परिभाषित गरिदियौँ कि यसको वास्तिवक स्वरुप त बिर्सीसक्यौँ । खुल्लारुपमा यौन शब्द निकाल्न डराउँछौँ। यसलाई हामीले पापको रुपमा व्याख्या गरेका छौँ। यसलाई घृणीत र अश्लील विषय भनेर समाजमा चिनाइएको छ।Born This Way (Special Edition)
यसको बारेमा कुरा गर्न हामी लजाउँछौँ, डराउँछौँ। के यौन‚ सम्भोग, यौनांग आदि कुराहरु घृणीत विषयवस्तु हुन् तरु यदि यी कुराहरुलाई घृणा गर्नुपर्ने हो‚ लज्जास्पद हो भने सबैभन्दा पहिला हामी हाम्रो अस्तित्वबाट नै लजाउनु पर्छ किनकी कसैको सम्भोग ९यौन सम्पर्क० को नतीजा नै तपाईँ हामी हो।True Blood: The Complete Third Season [Blu-ray] हाम्रो जीवन त्यही विर्य र रजको समिश्रणबाट नै बनेको हो। Harry Potter and the Deathly Hallows, Part 1लिंगबाट नै हाम्रो जीवनको शुभारम्भ भएको हो, योनी भित्र नै हाम्रो देहको निर्माण भएको हो। योनी भित्र हामी ९ महिना बसेर त्यहीबाट बाहिर आएका हौँ।
त्यही दुधका फाँचोहरु चुसेर शरीरमा तागत आएको हो ।Glee: The Music, Volume 6 त्यही अंगहरुलाई, त्यही प्रकृयालाई घृणीत र लज्जास्पद रुपमा चिनाएका छौँ। हामी दिनहुँ दिशा‚ पिशाब गर्न जान्छौँ नि जति लुकाएपनि आखिर नगइ त हुँदैन‚ त्यस्तै त हो नि यो विषय पनि। लिंग र योनी त शरीरको सबैभन्दा नीच अंग जस्तो मानिन्छ ।HDMI Cable 2M (6 Feet)
सबैलाई नांगेझार पारेर हेरौँ त सबैको वास्तिवक स्वरुप त्यही छ‚ सबैको छ ।Transcend 16 GB Class 10 SDHC Flash Memory Card TS16GSDHC10E
हुन त बाहिर बाहिर जतिसुकै घृणीत विषय भने पनि लुकीछिपी हामी ती कर्महरु गर्ने गर्दछौँ । अरुले थाहा नपाउन् भनेर जतिसुकै लुकीछिपी गरेपनि सन्तान जन्माउने समयमा त थाहा हुन्छ नि‚ ९–१० महिनापछि त आखिर सबैको अगाडि तपाईँको गोप्य कर्मको रहस्य छताछुल्ल हुन्छ नी हैन ।True Grit (Blu-ray/DVD Combo + Digital Copy)
हो यौनको सम्बन्धमा हामीले बाहिर बाहिर एउटा भन्ने अनि भित्र भित्र अर्कै गर्ने अनि यथेष्ट जानकारी प्राप्त नगर्ने‚ अरुलाई प्रदान नगर्ने भएकाले पनि कौतुहलता बस नयाँ पुस्तामा यौन सम्बन्धि विकृतिहरु देखिएको हो ।Justin Bieber: Never Say Never

No comments:

Pages