6/03/2011

मानवतस्करीमा नेविसंघ !

नेपाल विद्यार्थी संघको विघटित केन्द्रिय समितिका पदाधिकारी लगायतका केन्द्रिय सदस्यहरु संगठनको नाम बेचेर पैसा कमाउने मेसोमा लागेको समाचार फेला परेको छ । उनीहरुले अन्तर्राष्ट्रिय युवा सम्वन्धी काम गर्ने सस्थाको अष्ट्रियाको भियनामा हुने कार्यक्रममा लैजाने भन्दै संगठनमा आवद्धता नजनाएका व्यक्तिहरुलाई समेत भिषा लगाइदिन प्रमाणपत्र संकलन गरिरहेका छन । नेपाल विद्यार्थी संघ सदस्य रहेको अन्तर्राष्ट्रिय समाजबादी युवा संघको  फेस्टीवलका लागि भन्दै ती सदस्यहरुले प्रमाणपत्र संकलन गरेका हुन । यसरी पैसा संकलन गर्नेमा विघटित केन्द्रिय समितिका अध्यक्ष प्रदिप पौडेल, उपाध्यक्ष नयनिसंह महर, महामन्त्री मनोजमणि आचार्य सदस्यहरु निलकण्ठ रिजाल र उर्मिला थपलिया लगायत छन । सम्मेलनमा जान भिषा लगाउने म्याद गत जुन एक तारिकसम्म थियो । उनीहरुले संघमा आवद्ध नभएकालाई पनि यति पैसा दिन्छौ भने हामी भियना पुर् याइदिन्छौ भन्दै पैसा उठाएको एक केन्द्रियलाई उदृत गर्दै अभियान टाइम्सले लेखेको छ –ति पदाधिकारीहरुले संगठन भित्रका लैजादा कुनै असर नपर्ने भए पनि संगठन विघटित भैसकेकाले पार्टीसंग नेगोसियसन गर्नुपर्नेमा त्यसो नगरेर मनोमानी रुपमा आफ्नै रुपमा आफ्नै तरिकाले मिलेर काम गरिरहेका छन् । उनका अनुसार एक जनाबाट १५लाख भन्दा बढि पैसा कार्यक्रममा जानका लागि लिइएको छ । यस्ता कार्यक्रममा पठाउनका लागि उनुभव बटुलेका नाताले प्रमाणपत्र संकलन गर्ने र पैसाको बार्गेनिङ गर्ने जिम्मा महामन्त्री आचार्यले लिएका छन । आचार्यले म्यानपावरको हिसावले पैसाको बार्गेनिङ गरी रहेको ती सदस्यले बताए । 
अष्ट्रिया जानका लागि भिषा लागेपछि युरोपियन ८ १० मुलुकमा जान छुट्टै भिषा लगाउन पर्दैन । त्यसैले नेविसंघको कार्यक्रममा भागलिन भन्दै त्यहा पुगेर काम गरि बस्न धेरैले उनीहरुलाई आग्रह गरिरहेको बताइन्छ । नेपालबाट अष्ट्रिया जान २० देखि २५ लाख रुपैयाँसम्म तिर्नुपर्ने भएपनि जान तयार रहने मानिस प्रसस्तै भेटिने काठमाडौंमा १५ लाखमा जान पाउने भएपछि ती नेताहरुको घरमा जानका लागि घुइचो लाग्नेको संख्या निकै नै बाक्लो रहेको अर्का केन्द्रिय सदस्यले बताए । उनीहरुले यसलाई पैसा कमाउने अवसरका रुपमा लिएको उनको भनाई छ । नेताहरुको यस्तो चालाले मुलुकमा त बेइज्जत भएको थियो थियो अन्तर्राष्ट्रिय क्षेत्रमा समेत बेइज्जेत हुने तिनको भनाई छ ।

No comments:

Pages