6/03/2011

यमनी राष्ट्रपतिमाथि आक्रमण

यमनमा प्रदर्शनकारीले शुक्रबार साँझ गरेको आक्रमणमा राष्ट्रपति अली अब्दुल्लाह सालेह घाइते भएका छन् । उनी सामान्य घाइते भएको सरकारी स्रोतले पुष्टि गरेको बीबीसीले जनाएको छ ।
सरकारी स्रोत भन्छ– घाइते राष्ट्रपतिलाई उपचारका लागि अहिले अस्पताल भर्ना गरिएको छ । राष्ट्रपति निवासभित्रको मस्जिदमा दुई गोली लागेर एक अधिकारी घाइते भएका छन् ।
तर, सरकारका प्रवक्ताले राष्ट्रपति घाइते भएको समाचार खण्डन गरेका छन् । उनले भनेका छन्, ‘यसलाई खण्डन गर्न राष्ट्रपतिले छिट्टै सम्बोधन गर्नुहुने छ ।’ आक्रमणमा राष्ट्रपति कार्यालयका ६ प्रहरीको मृत्यु भएको छ भने प्रधानमन्त्री र सभामुखसहित आधा दर्जन अधिकारी घाइते भएका छन् ।
राष्ट्रपति सालेहविरुद्ध पछिल्लो केही महिनादेखि प्रदर्शन जारी छ । तर ३३ वर्ष सत्तामा रहेका राष्ट्रपति सालेहले भने पदत्याग गर्ने मनःस्थिति अझै बनाएका छैनन् ।

No comments:

Pages