6/04/2011

राससलाई अब खासस बनाउने

राष्ट्रिय समाचार समितिमा अध्यक्ष बालकृष्ण चापागाईको प्रत्यक्ष निगरानीमा लेखा शाखाका कर्मचारीले भ्रष्टाचार गरेको तथ्य फेला परेको छ ।
समितिको लेखा परिक्षणका लागि महालेखा परिक्षकको कार्यालयकाट गएका लेखा परिक्षकले लेखा परिक्षण गर्दा एकाउन्टेन रुद्रमणि अधिकारी र सहायक एकाउन्टेन गोविन्दबहादुर कार्कीले प्रत्येक महिना कर्मचारीलाई तलव खुवाउन बैंकबाट पैसा निकाल्दा ५० हजार बाढि पैसा निकाल्ने गरेको तथ्य फेला पारेका थिए । त्यसपछि उनीहरुले भ्रष्टा्रचारको कुरा उठाएका थिए । लेखापरिक्षकहरुले त्यस्तो कुरा उठाएपछि अधिकारी र कार्कीले आफुहरुले भ्रष्टाचार गरेको स्वीकार गरी पहिलो चरणका तीन लाख ३५ हजार र दोस्रो किस्तामा एक लाख ८२ हजार पैसा बुझाएका थिए ।
उनीहरुले अफुले गैर कानुनी काम गरेको स्वीकार गरी पैसा तीरे पछि अध्यक्ष चापागाईले अधिकारी र कार्कीलाई ‘हामीले भ्रष्टाचार गरेका हौं, भ्रष्टाचार गरेवापतको पैसा तिरेका छौं, अफिसले जे जस्तो प्रकारको कारवाही गर्छ त्यो भोग्न तयार छौ’ भन्ने कागज गराएका छन । यसले उनीहरुले गरेको त्यो काम अध्यक्षको निर्देशनमा भएको केहि मात्रामा पुष्टी गरेको छ । र अध्यक्षले त्यो कुरा अख्तियारमा पुग्यो भने आफु बच्नका लागि त्यस्तो कागज गराएइको त्यहाका कर्मचारीहरुले आशंका गरिएको छ । अध्यक्ष चापागाईले त्यस्तो कागज गराएपछि कर्मचारीहरुले एकाउन्टेन र सहायक एकाउन्टेनले गरेको काममा प्रत्यक्ष अध्यक्षको निगरानी रहेको आशंका गरी अख्तियारमा जाने तयारी भइरहेको छ ।
कर्मचारी आफ्नो विरुद्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा जाने तयारी गरेपछि चापागाई एक हप्ताबाट सम्पर्क विहिन बनेका छन । लेखा परिक्षकले भ्रष्टाचार गरेको देखाइदिएपछि ती कर्मचारीलाई सेवाबाट निलम्वन गर्नुपर्ने विधानमा उल्लेख भए पनि त्यस शाखाबाट अर्को शाखामा सरुवा मात्र गरेका छन । उनले एकाउन्टेन अधिकारीलाई कम्प्युटरको सरवर शाखामा र कार्कीलाई प्रशासन शाखामा सरुवा गरेका हुन । प्रशासन शाखा भनेको त्यस कार्यालयको काम चुस्त दुरुस्त राख्नका लागि प्रमुख भुमिका हुने स्थान हो । त्यसमा राम्रा कर्मचारीलाई ल्याउनु पर्नेमा भ्रष्टाचार गरेको आरोप लागेका कर्मचारीलाई ल्याएर नराम्रो काम गरेका छन् । अहिले प्रशासन शाखा प्रमुख सुरेन्द्र बहादुर नेपालीलाई लेखा प्रमुखको जिम्मेवारी पनि अध्यक्ष चापागाईले दिएका छन । श्रोतका अनुसार उनले आफुले गरेको अनैतिक कामको ढाकछोप गर्नका लागि उनलाई लेखाको पनि जिम्मेवारी दिएका हुन ।
यसवाट अध्यक्षको नियतमाथि प्रश्न चिन्ह खडा भएको छ । कुनै पनि कार्यालयमा प्रशासन र लेखाको जिम्मेवारी एउटै व्यक्तिले लिएको हुदैन । लियो भने चेक एण्ड व्यालेन्स नहुने भएकाले नदिने गरिएको हो ।

No comments:

Pages