दुर्वाशा
गणतन्त्र दिवसको अवसरमा हरेक मुलुकका दूतावासले गणतन्त्र दिवस मनाउने गरेका छन् जसले यो वर्ष पनि निरन्तरता पायो ।
सबै मुलुकका कुटनीतिक नियोगहरूमा गणतन्त्र दिवस भव्य रूपमा मनाइयो । श्रोत साधन र आर्थिक अभावकाबीच कुटनीतिक नियोगहरूले आफ्नो गच्छे अनुसार पाँचौ गणतन्त्र दिवस मनाए ।
नेपालको कुटनीतिक नियोग भएका सबै मुलुकमा उत्तिकै हर्षोल्लासका साथ गणतन्त्र दिवस मनाइए पनि यसपाली कुवेतस्थित नेपाली दूतावासले मनाएको गणतन्त्र दिवसले भने विशेष चर्चा पायो । खाडीका कतार, युएई, साउदी अरब लगायत युरोप अमेरिकाका मुलुकहरूको नियोगलाई आफ्नै कार्यालयमा मैनबत्ती बालेर दिवस मनाउन पनि धौ–धौ भयो तर कुवेतमा ९० मुलुकका राजदूतहरूको उपस्थितिमा तारे होटलमा मनाइयो गणतन्त्र दिवस ।
गरिब देशको गरिब कामदार भएका मुलुक कुवेतमा रहेको दूतावासले धनाढ्यहरूको शैलीमा गणतन्त्र दिवस मनाउने अवसर कसरी पायो, यति भव्य र फुर्माइसी खर्च गर्ने हैसियत दूतावासलाई कसले दियो ? अलपत्र परेका कामदारहरको उद्धार गर्न परे दूतावासको खर्चले धान्न मुश्किल भएको बताउने राजदूत मधुवन पौडलले यत्रो खर्च कहाँबाट जुटाए ? यो अहिले सबैको चासोको विषय बनेको छ ।
परराष्ट्र मन्त्रालयले हरेक मुलुकका नियोगका लागि उत्तिकै खर्चको व्यवस्था गरेको हुन्छ, जुन भोकालाई कनिका सरह हो । तर, राजदूत पौडेलले राजसी छाँटमा गणतन्त्र दिवस मनाएर देखाइदिए । कतै मन्त्रालयमा पौडेलको नातावाद फरियावाद हावी भएको त छैन ? परराष्ट्रका एक अधिकारी भन्छन्– हामीले कसैलाई पनि भोज गर्न रकम बाँढने गरेका छैनौं र दूतावासले गरेको यो कार्यक्रमको खर्च विवरण माग्ने तयारी भइरहेको छ ।
पौडेलको यत्रो फाईंफुईं देखेर अहिले खाडी लगायत अन्य मुलुकका राजदूतहरू पनि तीनछक खाएका छन् । मन्त्रालयले दिएको रकम चिमोट्दैमा सकिने अवस्थामा उनले भत्तेर कसरी खुवाए भनेर सर्वत्र चर्चा चलिरहेको छ । कुवेतका एक सामाजिक कार्यकर्ता यो रकम राजदूतले चोरबाटोबाट कमाएको दावी दावी गर्छन् । ‘यो सब मेनपावरको दलाली र कमिसनको तुजुक हो, त्यसैले राजदूत पौडेल लुटको धनमा फुपूको श्राद्ध गरिरहेका छन्,’ उनले भने ।
कुवेतका उपप्रधानमन्त्रीले समेत मेनपावरको दलालको बिल्ला लगाइदिएर कारवाही गर्न नेपाल सरकारलाई पत्र पठाउँदा पनि पौडेलविरुद्ध कारवाही गर्ने आँट सरकारले गर्न सकेको छैन, जसका कारण उनी राजदूतको खोल ओढेर मेनपावरको एजेण्ट बन्दै हिँडिरहेका छन् र पाँच तारे होटलमा गोरुमा फिला र रक्सी बाँढिरहेका छन् ।
No comments:
Post a Comment