विदेश जने कामदारहरूलाई चर्को रकम लिएर पीडित बनाउने मेनपावर व्यवसायीहरूलाई दूतावासले पीडित बनाउन थालेको छ ।
कतारस्थित नेपाली दूतावासमा राजदूत सुर्यनाथ मिश्र र उनका कर्मचारीको मिलेमतोमा भइरहेको ब्रम्हलुटको पर्दाफाश हुने क्रम जारी छ । दूतावासको शरणमा गएका कामदारहरु मेनपावर व्यवसायीको पहलमा स्वदेश फर्किएर राहत पाइसकेपछि समेत अनेकौं बहाना बनाएर कालो सुचीमा राख्ने र बार्गेनिङ गर्ने कर्मचारीहरुले मागपत्रमा समेत कमिसन माग्ने गरेको खुलासा भएको छ । दूतावासका कर्मचारीहरुले ‘राजदूतको निर्देशन’ भन्दै सय कामदारको कोटा बराबर दश कोटा माग गर्ने गरेको व्यवसायीहरुले गुनासो गरेका छन् । हालै ५० कामदारको माग ल्याई दूतावासलाई ५ जना कामदारको कोटा कमिसन दिएर प्रमाणीकरण गराएका एक व्यवसायीले नाम उल्लेख नगर्ने शर्तमा भने – कमिसन नदिए प्रमाणीकरण नगर्ने अड्डि लिएपछि बाध्य भएर कमिसन दिनुप¥यो । दूतावासबाट प्रमाणीकरण नगराई चेम्बरबाट माग ल्याउँदा दूतावासलाई प्राप्त हुने राजश्वबाट वञ्चित गराएको भन्दै कालो सुचीमा राख्ने चेतावनी दिन्छन् । दूतावासबाट प्रमाणित गराउँदा कमिसन नदिई कामनै गर्दैनन्, उनले भने ।विगतमा पनि कामदारको हक हितको लागि भन्दै न्यूनतम तलब ६ सय रियाल र अनिवार्य खाना सुविधा २ सय रियाल सहित ८ सया रियाल तलब निर्धारण गरेको दूतावासले यसलाई पनि कमिसन खाने खेलको रुपमा प्रयोग गरेको चौतर्फी गुनासो उठिरहेको छ । रोजगारदाता, मेनपावर व्यवसायी कसैसँग पनि आवश्यक परामर्श नगरी एकलौटी रुपमा गरेको यस्तो निर्णयले कामदारहरुको हित हुनुभन्दा पनि उनीहरुले अनावश्यक झन्झट बेर्होनुपरेको छ ।
दूतावासको यो निर्णयले अधिकांश कामदार दोहोरो सम्झौता पत्रमा विदेश जान बाध्य भएका छन् । उनीहरु आफूले सम्झौता गरेअनुसार सेवा सुविधा नपाएपछि दूतावासको शरणमा आइपुग्छन् र दूतावासका कर्मचारीहरुले यसैलाई आफ्नो कमाई खाने भाँडो बनाई व्यवसायीलाई धम्क्याउने गरेका छन् ।
No comments:
Post a Comment