प्रख्यात योग गुरु रामदेवले आजदेखि भ्रष्टाचार विरुद्ध अनसन सुरु गर्नुभएको छ ।
भारतीय सरकारले अनसनको कार्यक्रम फिर्ता लिन बारम्बार आग्रह गरे पनि अस्वीकार गर्दै रामदेव अनसन सुरु गर्नुभएको हो ।
अनसनमा सहभागी हुन विभिन्न सहरबाट हजारौं समर्थकहरु रामलीला मैदानमा पुग्ने क्रम चलिरहेको छ । बिहान ५ बजे नै मैदानमा बनाइएको मन्चमा पुग्नुभएका रामदेवले समर्थकहरुलाई योग सिकाउनुभएको थियो ।
अनसनमा सात आठ हजारको सहभागिता रहने बताइए पनि यो सङ्ख्या बढ्ने भएको भारतीय सन्चार माध्यमहरुले जनाएका छन् । अनसनमा हजारौंको सहभागिता रहने भएपछि सुरक्षा व्यवस्था कडा पारिएकोछ ।
आफ्नो मागका विषयमा सरकारले गम्भीरतापूर्वक सम्बोधन गर्ने प्रयास नगरेसम्म अनसन फिर्ता नलिने रामदेव बताउनुभएको छ । भारतको करोडौं रकम गैरकानुनी तरिकाले विदेशमा जम्मा गरेको आरेप रामदेवको छ । यो रकम स्वदेशमा फिर्ता ल्याउनुपर्ने उहाँको माग छ ।

No comments:
Post a Comment