विश्व समुदायमा नेपालको परिचय गराई बढीभन्दा बढी पर्यटक भित्र्याउने उद्देश्यका साथ नियुक्त गरिएका सद्भावनादूतहरूलाई आफ्नो भूमिकाबारे नै अनभिज्ञ छन् ।
नेपाल पर्यटन बोर्डले सद्भावनादूत बनाएको सबैभन्दा कम समयमा सगरमाथा आरोहण गर्ने पेम्बादोर्जे शेर्पा सरकारले सद्भावनादूत बनाए पनि आफूले के काम गर्नुपर्ने भन्नेबारे नै अनभिज्ञ रहेको बताउँछन् । उनी भन्छन्–‘सरकारले सद्भावनादूत घोषणा गरे पनि प्रमाणपत्रबाहेक अन्य केही नदिएको र आफूहरूले नेपालका लागि के कस्ता काम गर्नुपर्छ त्यसको बारेमा सामान्य जानकारी समेत दिएको छैन । हामीलाई केही पनि दिएको छैन सद्भावनादूत मात्र भनिएको छ समाबेसी महिला आरोही माया गुरुङले यसरी गुनासो पोखिन्– ‘हामी कुन आधारमा सद्भावनादूत हो, के भनेर विदेशी पर्यटकलाई नेपाल भित्र्याउने ? शेर्पाजस्तै अन्य सद्भावनादूतहरू पनि आफ्नो भूमिकाबारे अनभिज्ञता जनाउँछन् । उनीहरू भन्छन्– ‘सरकारले सगरमाथा आरोहण गरेर फर्केपछि सद्भावनादूत भएको घोषणा त ग¥यो तर त्यसपछि बोर्डले कुनै वास्ता गरेको छैन ।अन्तर्राष्ट्रिय जगतमा नेपालबारे जानकारी गराउनसक्ने क्षमता भएका व्यक्तिलाई भन्दा आफूले चिनेजानेका व्यक्तिलाई सद्भावनादूतमा मनोनयन गरिंदा पनि उनीहरूमा नेपालको बारेमा जानकारीको अभाव रहेको देखिन्छ ।
पर्यटन बोर्र्डसँग कस्ता मानिसलाई सद्भावनादूत दिने भन्नेबारे कुनै योजना रहेको छैन । नेपाल सरकारले घोषणा गरेको पर्यटन वर्ष सन् २०११ सँगै देश र विदेशका गरी करिब चार हजार व्यक्तिले सद्भावनादूत हुने मौका पाइसकेका छन् । केही समयअघि नेपाल आएका चर्चित गायक ब्रान्ड एडम्सलाई पनि सो सममान प्रदान गरियो ।
उनले नेपालको बारेमा राम्रा कुरा गरिदिँदा उनका फ्यानहरू नेपालमा आउने छन् भन्ने आशाका साथ नेपाल पर्यटन वर्षका संयोजक योगेन्द्र शाक्यले सद्भावनादूतको प्रमाणपत्र थमाइदिनुभएको थियो । तर, ती चर्चित गायकलाई नेपालका पर्यटकीय गन्तव्यको बारेमा राम्रो जानकारी नै थिएन ।
एडम्स विश्व चर्चित गायक भएकाले सद्भावनादूत बनाउनु ठीकै थियो, तर हालसालै एक कवियत्री मोमिला जोशीलाई चिनजानकै आधारमा संयोजक शाक्यले सद्भावनादूत बनाएपछि बोर्डका कर्मचारीहरू नै आश्चर्यकित बनेका छन् ।
उनी को हुन्, उनले कतिवटा कविता प्रकाशित गरेकी छन् र उनले विदेशमा गएर विदेशी पर्यटक भित्र्याउन कस्तो भूमिका निर्वाह गर्नेछिन् यस्ता प्रश्नहरूले सो सम्मानको गरिमालाई नै होच्याएको कर्मचारीहरू बताउँछन् । मोमिलामात्र होइन संयोजक शाक्यले धेरैजनालाई व्यक्तिगत चिनजानको आधारमा सद्भावनादूत बनाएको आरोप रहेको छ ।
बोर्डको बैठक बसेर कसलाई सद्भावनादूतको उपाधि दिने भन्नेबारे केही कुरा नभई एकैपटक दूत नियुक्त गर्ने क्रम बढेको बोर्डका एक वरिष्ठ अधिकारीले बताए । हालसम्म करिब चार हजार राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यक्तिलाई सद्भावनादूतको घोषणा गरेको छ । त्यसमध्ये १७ जना नेपाली सगरमाथा आरोही महिला, १७२ जना विभिन्न क्षेत्रमा ख्याति कमाएका अन्तर्राष्ट्रिय व्यक्तित्व रहेका छन् भने बाँकी नेपालका विभिन्न क्षेत्रमा ख्यातिप्राप्त व्यक्तिहरू रहेको बोर्डले दाबी गरेको छ ।
कस्ता व्यक्तिलाई सद्भावनादूत बनाउने भन्नेबारेमा सरकारले कुनै नीतिनियम नबनाएकाले सद्भावनादूतको घोषणा नै अन्योलमा परेको बताउनुहुन्छ बोर्डका प्रबन्ध निर्देशक लीलाबहादुर बानियाँ । नेपालको सुन्दरताका बारेमा विदेशमा गएर प्रशंसा गरेमा विदेशी नेपालमा आउने अपेक्षाका साथ सद्भावनादूत बनाइएको जानकारी दिँदै प्रबन्धक बानियाँले सरकारले मात्र नभएर नेपाल पर्यटन बोर्डले समेत आफ्नै निश्चित मापदण्ड बनाएर सद्भावनादूतको घोषणा गर्न सकेको छैन भन्नुभयो । बोर्डले नियुक्त गरेका सद्भावनादूतहरूले के गरिरहेका छन् उनीहरूका लागि कस्ता समस्याहरू आइपरेका छन् नेपालको पर्यटन प्रवद्र्धनमा कस्ता कार्यहरू गरिरहेका छन् भन्नेबारे कुनै अनुगमन नभएको बानियाँले स्वीकार गर्नुभयो ।
नेपालमा पर्यटन भित्र्याउन मद्धत हुने आशामा पर्वतारोही र अन्य ‘सेलीब्रेटी’लाई सद्भावनादूत बनाउने निर्णय भएपनि यो सोचेजस्तो प्रभावकारी बन्न नसकेको उहाँको भनाई रह्यो । नेपाल पर्यटन वर्ष सन् २०११ को सचिवालयका अनुसार महिला सगरमाथा आरोही, सन् २००९ सम्मका सबै सगरमाथा आरोही, नेपालको तर्फबाट गिनिज बुकमा नाम लेखाउन सफल व्यक्ति, गायक र साहित्यकारलाई सद्भावनादूत बनाइएको छ । शर्मिला ठकुरी
No comments:
Post a Comment