रवि रोषी
कतार । नेपाल ईन्जीनियर्स एसोसिएसन दोहा सेन्टरको ५औँ अंकको स्मारिका विमोचन कार्यक्रम प्लाजा होटलमा सम्पन्न भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि एनआरएन कतारका अध्यक्ष नरेन्द्र भाटले नेपाल ईन्जीनियर्स एसोसिएसन दोहा सेन्टरलाई गैर आवासीय नेपाली संघले सम्मानजनक ढंगबाट हेर्दै आएको हुनाले एसोसिएसनबाट संघले ठूलो आशा राखेको बताए । ‘आर्थिक, बौद्धिक र शैक्षिक हैसियतमा नेपाली इन्जीनियरहरुको यस संस्था अन्य संस्थाहरु भन्दा विचार सम्पन्न व्यक्तिहरुको संस्था भएको हुँदा यसमा गैर आवासीय नेपाली संघ गर्व गर्दछ,’ भाटले भने ।कतार । नेपाल ईन्जीनियर्स एसोसिएसन दोहा सेन्टरको ५औँ अंकको स्मारिका विमोचन कार्यक्रम प्लाजा होटलमा सम्पन्न भएको छ ।
एनआरएनका केन्द्रीय उपाध्यक्ष सागर नेपालले २००४ मा दोहामा स्थापित यस संस्थाले आफ्नो शैक्षिक ज्ञान तथा व्यवहारिक ज्ञानलाई निर्माण सम्बन्धी व्यवशायमा लागेका कतारका नेपाली व्यवशायीहरुको सहयोगको लागि पनि उन्मुख हुनुपर्ने बताउँदै आफ्ना ज्ञान र सीपलाई नेपाली व्यवशायीहरुको हितमा पनि खर्चिनुपर्ने बताए ।
कतारका अन्य संस्थाको तुलनामा यस संस्था पनि सामाजिक क्षेत्रमा, भौतिक तथा अन्य क्षेत्रमा पनि अग्रणी भूमिका खेल्नुपर्ने र त्यस्ता सामाजिक क्रियाकलापमा सक्रियता देखाउनु पर्ने समय आएको बताउँदै कतारको हकमा अन्य सामाजिक संस्थाको तुलनामा यो संस्था बौद्धिक, शैक्षिक स्तर र आर्थिक स्तरमा पनि सम्पन्न भएको हुनाले प्राविधिक, शैक्षिक र सामाजिक योगदान गर्न खुलेर लाग्नुपर्र्ने बताए । नेपाल इन्जीनियर्स एसोसिएसन जस्तो प्राज्ञहरुको संस्थाबाट गैर आवासीय नेपाली संघले नेपाल इन्जीनियर्स एसोसिएसनबाट ठूलो आशा राखेको छ, नेपालले भने ।
कार्यक्रममा नेपाल इन्जीनियर्स एसोसिएसनका अध्यक्ष इन्जीनियर अर्जुन प्रसाद भट्टराईले वक्ताहरुको भनाईलाई पछ्याउँदै एसोसिएसनको मुख्य उद्येश्य भनेको आफुले आर्जन गरेको सीप र अनुभव नेपाली व्यवशायीहरुले आवश्यक ठानेमा साझारुपमा जानकारी, सुझाव तथा भौतिक सहयोग गर्न पछि नपर्ने बताए ।
निर्माण क्षेत्रमा संलग्न नेपालीहरुलाई समेट्न खोज्नुको तात्पर्य त्यहि नै रहेको बताउँदै यसको थप जानकारीको लागि व्यवशायीहरुको लागि पनि हितोपयोगी ठानी स्मारिका प्रकाशन गरिएको बताए । पाँचौ अंकको रुपमा प्रकाशित पुस्तकले व्यवशायीहरुका लागि पनि उपयोगी, सार्थक होस् भन्नाको हेतुले यसलाई उपयोगी पुस्तकको रुपमा लिन सकिने बताउँदै आगामी अंकमा उठान भएका विचारहरुलाई विशेष ध्यान पुर्याई अझ व्यवशायीहरुको लागि सान्दर्भिक र उपयोगी पुस्तकको रुपमा प्रकाशन गर्ने बताए ।
एसोसिएसनका महासचिव इन्जीनियर इन्द्रराज अधिकारीले सञ्चालन गरेको कार्यक्रममा स्मारिका प्रकाशनको लागि सहयोग गर्ने विभिन्न सहयोगी संस्थाहरु तथा व्यवशायीहरुलाई कदरपत्र प्रदान गरिएको थियो ।
यसरी कदरपत्र प्राप्त गर्नेहरुमा समाजसेवा अभियान रुपन्देही, स्यांग्जा सहयोग सेवा समाज, नेपाल प्रवासी आदिवासी जनजाति महासंघ, गुल्मी सेवा समाज, मोरङ सुनसरी सेवा समाज, धनुषा सेवा समिती, नेपाली सांगीतिक परिवार,सप्तरी सेवा समाज, कास्की सेवा समाज, नेपाल प्रवासी मुस्लिम सेवा समाज, सर्लाही सेवा समाज अन्य संस्थाहरुपनि रहेका छन् । सोहि अवसरमा एसोसिएसनमा आवद्ध सवै इन्जीनियरहरुलाई कतारमा रहुञ्जेल मान्य हुने गरी स्थायी परिचयपत्र पनि प्रदान गरिएको थियो ।
No comments:
Post a Comment