6/02/2011

मुग्लानीको कथा ब्यथा

इन्द्रेणी शर्मा
म मुग्लान आउदा सोच्थें जीवन यस्तो पो होस । जब जब दलदलमा पुग्दै जान्थें पराधिनको बंधनमा बाँधिदै हुन्थें  । समयले धेरै कुरा सिकायो  को आफ्नो को पराई , सारा एक्स रे जस्तै बनायो ।
मुटु भरी लालाबाला को मायाले झंनै  कोमल पार्दो रहेछ । सबैको देखासिकी मैले पनि जानी नजानी गर्न पुगें। सुदिपाले  कम्ति सम्झाइन्न के लाग्दो रहेछ  र रुम मा बिदेश जाने भुत सवार भै सकेको  थियो आज म किन दशा लागेर बिदे शिनु पर्यो । खै के पाएँ मैलेरु डाँडा माथिका जुनघाम जस्ता आमा बाबालाई छोडेर, अंगालो भरिकी मायालुको प्रेमको स्पर्श लाइ चट्टकै भुलेर, भनुं बामे सर्दैगरेको  सानी छोरी उषालाई आँखाको  नानीमा राखेर हिड़नु  मेरो बाध्यता हो की रहर रु  म आफैमा अचम्म थिएँ  ११

समाजका हरेक छिमेकीले आफंतिले कम्ति संझायेका  थिएनन , बिदेशको रहर पहिलेदेखि नै नेपाली युवाहरुमा  थियो, हाम्रा अग्रजका पाइलो पछाउदै रत्नदाई भारत तीर  लागे,चन्द्र दाई साउदी हानिए बिस्तारै  गाउबाट धेरै युवा आफु ख़ुशी बिदेश लागे,  हुदा हुदा काकाको छोरा नबीन पनि यु।के।लागेपछि त मेरो मन पनि बरालिन थाल्यो अनिहानिए म बिदेश यात्रामा आफ्नो गाउको उर्बर जमीन बेचबिखन गरेर।  त्यों दिनको रात कत्ती नसुती बिहान भयो ,मेन पावरको मान्छे मेरो हालातलाई राम्रेरी  बुझेका थिए  र समयमै कागजात मिलाई पठाए, भोलि त्यती खेर मेरो देशलाइ मेरो आफंती र आमा बाबा सारालाई बिदाईको पल सम्झेको थिएँ मेरो घर नेपालको पश्चिम क्षेत्र तीर हो, म साधारण किसानको छोरा ,मेरा साथी दौतारीको ख्याल ख्यालैमा हिडें ती साथीहरुको कागजात नक्कली भएकोले डिपोर्ट  भै फर्के र मेरो सबै सक्कली भएकोले गंतब्यमा आई पुगें  , रहदै बस्ते गर्दा सबै नजीक भए  , मेरा सारा साथी यहीं   बनेका हुन , नेपाल  छदा कुनै सम्बन्ध नै थिएन , रहदै बस्ता धेरै कुराको चोट हुन्थ्यो , मै हूँ भन्ने  नेपालीको हैशियतको वास्ताबिकता त बिदेशमा हुदा पो    पाईदों रहेछ , मानुकी एक्स (रे  नै हो  बिदेशको बसाई , नेपालीहरुको चित्रण  , यसको ज्वलंत उपमा हो  ,धेरै घटना घटे ,मन जल्दथ्यो, कसैले अनाहकमा दुःख दियो भने उसको लागी कहिल्यै उपकार नगर्ने मान्छे बनें पनि , आखिर उसकैलागी  सहयोग गर्न बिबश हुन्थें म  , आज त्यही मान्छे मेरो आशामा  बाचेको छ ,समयले के के बनायो बनायो , आज धेरै घटना मेरा प्रबास जीवनमाँ   देखिए, हिजोका दिन समझें जगतका , रोमिला , प्रमिला,  रोशी ,दिलमाया, रोशनी, भरत, खिम ,चन्द्र , उमेश र सागरका ब्याबहार जीवन शैली देख्दा कताकता दुःख लागेर आऊथ्यो , के गरेनन ,हद गरे म सम्झिन्छु ती समय कति नीचता को हदमा पुग्थे कोही खाना प्याकी दिन्थे कोही अरुले बिगारेकोकाम  म माथि  दोष  थुपार्थे   , कोही मेरा कागजात खोज्खाज गरी  बिभिन्न अपजश लगाउथे , हद थियो  आरोपको त बर्षा नै हुन्थ्यो , सहनु सह्न्थें म ,काम थिएन दिनभरि भौतारिन्थें ,घरको यादले उत्तिकै  सताउथ्यो , मुग्लानी जीवनमा केही दुःख देख्ने मान्छे पनि भेटिए ,उनको नाम सबैले श्रदाले लिंथे ,उनी अरु भन्दा भिन्न सोचका सहयोगी थिए  , धेरै कुराको अनुभब हुदै गयो ।मानिसको आचरण देखेर म हैरान हुन्थें ,म देख्थें उनीहरुको जमघट  बड़ो रबाफिलो हुन्थ्यो ,के गर्नु मेरो काम हुदैन्थ्यो  कामकै चिन्तामा दुबेको हुन्थें  , बिपिन बाबुले काममा लगाए ,त्यास पछि म केही राहत पाएको  थिएँ  मेरा केही साथी स्पेन तीर लागे  म पनि हिड्ने मोडमा थिएँ काम नमिलेको भए स्पेनको भूमिमा केही समय हराएको  थिएँ  यहाँ भन्दा केही दिलदार  थिए त कोही आततायी  नै  थिए  कस्को नाम लिउं म रुजून उनीहरुको ब्याबहार नै काफी थियो , कोही कोही कति हद सम्मका  नीच थिए, घरका कागजात सम्म आफ्नै नाममा राखी अर्कोलाइ घरबातै  निकाल्थे ,मानिसको नाममा कलंक थिएआज बिदेशको जमिनमा नेपालीहरुका घिनलाग्दा रूप देख्दा नेताहरु किन नहुन स्वार्थी सत्तामुखी रु मेरो मुग्लान जीवन को तितो यथार्थ हो यो ।आँखा भरी नेपालको यादले भरिन्थ्यो यहाको बाध्यता झंन फलामका च्यूरा चपाएजस्तै छआज भोलि  म नेपालीको नजीक पुग्दा पनि कता कता त्यही यातना अत्याचार र आरोपको आगोले पोल्न थालेको जस्तो लाग्छ , मेरो यहाँ आफंती भएको भए कति सुनाउथें होला रु तर मेरो आफ्नो  भन्नु नजीकको आफंती फेला पारेको पनि छैन ,बेला बखत आपत संकट परेका  नेपालीहरुलाइ सहयोग गर्नु पर्थ्यो , गर्थें पनि  कुनै दुःख नमानी, मेरो पनि भोलि यस्तै अबस्था आयो भने पनि जति निष्ठुरी भए पनि राहत  त गर्लान  भन्ने सोच भने  हुन्थ्यो नै घार राखे मह पाइन्छ  भन्छन  र सक्दो सहयोगको हात चल्दथ्यो ,      घर नगएको पनि ४्५ वर्ष भयो  सानी छोरी उषा स्कुल जान थालिछ टेली फ़ोन गर्दै   हिजो तोते तोते बोलीमा उषाले भनी —झझ बाबा कहिले आउनुहुन्छ रु झझझझ आउदो दशैं र तिहारमा छोरीझझ  मैले भनेझझछीत्तो आउनु है बाबा कस्तो देखू लाग्छ मेरो बाबालाईरुझझ   झझहुन्छ नानु ,,तिमीलाई राम्रा राम्रा खेलौना लिएर आउछु ल  हुन्छ छोरी रुम भाबुक बने  मेरो घर समझें मेरा सारा आफंती संझे उनीहरूले मप्रति  देखाएको   निष्कपटी अनुहार संझे,  कसैले पनि अहित गरे जस्तो त लागेन ।मेरो लागी मरी हत्ये गर्नेलाई म कसरी भूलूं  हे इस्वररु  मेरो जीवनका ख़ुशी भेटे जस्तै लाग्यो  सुदिपाको फोनले धेरै कष्ट मेटाएको महसुश गरेंमुग्लानका तीता मीठा कुराहरु केलाएं खै मैले बिश्वास कस्लाई गरुं रुमेरो मन उड़ेको सिमलको भुवा जस्तै भएको थियो ,र त आजभोलि अरुले बोलाउदा पनि किन हो किन जान मन लाग्दैन  ,लागोस पनि कसरीरु त्यों बोली त्यों ब्याबहार सम्झिन्छु कता कता मन दुखेर आउछ ।।मनको बह कसैलाई न कह जस्तै हुन्छ ,जाने मनहुदाहुदै पनि त्यों बिष तुल्य बोली मेरो मगजमा चक्कर लगाउछ  र रोकिन्छु  यही नै उचित सम्झिन्छु म  , मेरो आगमनले असहज हुन्छ भने किन जानू त्यों स्थानमा रु आज किन हो मेरो देशको याद आयो  देशको माया देशमा हुदा भन्दा मुलुक बाहिर हुदा झन याद र माया आउदो रहेछ  ,  समाचार इन्टरनेट मा हेर्न पुगें  मेरो देश  म मुग्लानी बनेको पनि ५ वर्ष भएछ आज नेपालीहरु आउदा पनि मेरो अतीत(बिगतको त्यों घटना सम्झिन्छु , खैर, यस्तो हालत छ भन्दा भन्दै पनि बत्तीको ज्वालामा किरा होमिये  झै होमिन्छ्न किन रु  यस्तै चोट त पाउने होलान जस्तो लाग्छ ्  आफ्नो देश छोडेर मुग्लानमा मर्न नपरोस  बरु कात्रो पनि नहोस  यही जाती मरेपनि मेरै माटो पबित्र छ त्यही माटोमा मिल्न पाऊं , बिदेशमा मर्नु कायरता पो हो  त  , कस्तो बिहाल हुदो  रहेछ रु  ती तीता याद्हरूले मलाई लखेटी रहे   म आफ्नो नेपालकै सम्झनामा हराई रहें        एक पल्ट ती घटनाहरु चलचित्र जस्तै बनेर आए——(साथीहरुको जम्का भेट , बिरामी आमाको अस्पतालमा  उपचार हुदै गर्दाको सम्झना, साहुको ऋणले पीड़ित बाबाको सुस्केरा   दिदीबहिनीको तिहारको टिका  श्री मतिको उदास अनुहार बिछोडको बखतको, कोर्कोमा रुदै गरेकी सानी छोरीको झझल्को, खेतबारीमा लहलह बाली हरियालीले मन तानेको त्यों पल  उत्तर पट्टी  मुस्कुराउदै गरेको हिमालका चुलिहरू  घर मुनिको मधुर गतिमा सुस्साएको काली नदीको ध्वनिले  यत्रो बर्ष भए पनि उही हिड्दाको दिनको याद गराउदो रहेछ हो त्यही बेदना तिमीलाई सुनाएको हूं चेतन चेतनले लाइव च्याट्मा धेरै संझायो–झझ हेर दर्शन बिदेशको बारेमा तिमीले भन्दा आरतीले धेरै बताएकीछीन (  हेर अर्को चलचित्र     झझ  मुग्लानीदाईको डिपोर्ट झझयो अर्को महीना प्रदर्शन  हुने छ नेपालका सारा कुरा जेका ते हुनेछन  बुझ्यौ रुझझदर्शन आफैमा हरायो —के मेरो म मुग्लानीको कथा ब्यथा पनि नसुनाउनु रुझझबम्कियो आफैसंगचेतनले दर्शनको अनुहारमा हेर्यो ‘‘क्रोधित आँखाबाट तप तप आँशु खसे ।दर्शनलेबाई गर्दै चेतन इंटरनेट भ्वाइस चार्ट  बाट   निस्कियो ‘‘‘‘चुपचाप भो दर्शन (सोच्यो आजभोलि कोही कसैले अरुको मर्म बेदना बुझ्ने समय र आदत नै छैन जस्तो मान्यो  हो पनि समाधान आफैले गर्नेहो  आफैसंग रोमली रह्यो ।

No comments:

Pages