
इङ्गेजमेन्ट गर्नु भनेको तत्काल विहेका लागि मिति तय गर्नु हो । सामान्यतया इङगेजमेन्ट भएको एक महिना र त्यसको आसपासमा विवाह हुन्छ ।
निकै बढी लाग्यो भने एक वर्षमा । तर बेलायती एक जोडीले इङ्गेजमेन्ट भएको २८ वर्ष पछि विवाह गरेको छ । २८ वर्ष सम्म विवाह नगर्नुको कारण के हो?
पछिल्लो समयमा मानिसले विवाहलाई भन्दा बढी प्रेमलाई महत्व दिन थालेका छन् । कतिपयको यस्तो पनि धारणा छ कि विवाह पछि प्रेम कम हुदै जान्छ । तर यो कुरा सबैमा लागु हुन्छ भन्ने पनि छैन । पछिल्लो पुस्ता प्रेम विनाको विवाहलाई स्वीकार्न सम्म पनि सक्दैन । तर हाम्रो समाजमा अझै पनि विवाह पछि प्रेम गर्ने चलन विद्यमान छ ।


खास गरी पश्चिमा मुलुकमा विवाह भन्दा बढी प्रेमलाई महत्व दिन प्रचलन हावी भएको छ । यति मात्र होइन लामो समय सम्म प्रेम गर्ने र बुढेसकालमा विवाह गर्ने चलन पनि सुरु हुन थालेको छ । हो यस्तै भएको छ बेलायतमा ।

बेलायतमा यस्तो जोडि भेटिएको छ जसले आफ्नो जीवनको सम्पूर्ण जवानी प्रेममा लगायो र इङ्गेजमेन्ट भएको २८ वर्ष पछि मात्र विवाह गरेको छ । बेलायतका इवान ब्राउन र बारबरा फर्लागरले इङ्घेजमेन्ट भएको तीन दशक पछि मात्र विवाह गरेका छन् ।

एउटै अस्पतालमा कार्यरत ६३ वर्षीय ब्राउन र ५५ वर्षीया फर्लागरको पहिलो भेट १९८१ मा भएको थियो । संगै काम गर्दा बोल्दा कहिले प्रेम भयो उनीहरुलाई पत्तो नै भएन । बिहे गर्ने निर्णय पछि दुबैले इङ्गेजमेन्ट पनि गरे तर विहेको बन्धनमा बांधिन उनीहरुले धेरै लामो समय कुर्नु पर्यो ।



आखिर किन उनीहरुले विहेको लागी तीन दशक कुर्नु पर्यो त । तर यसको उत्तर भने त्यति गाह्रो छैन । ब्राउन भन्छन्– “कामका कारणले विवाह गर्ने फूस्रद नै भएन ।” विवाह नभए पछि आपसी समझ्दारी भएका कारण उनीहरु संगै बस्दै आएका थिए । फर्लागर भन्छिन्– “मन मिलेपछि विवाह भन्ने कुरा जहिले गरे पनि हुन्छ । मुख्य कुरा आपसी समझ्दारी हो ।” व्यवस्तताका कारण विवाह नगरेको बताउने यो जोडीले कामबाट अवकास लिए पछि मात्र विवाह गरेको हो ।

1 comment:
Wow, we should read very carefully this post. it teach us that human first responsibility is his work thereafter other. So, thank you for this.
Subash Adhikari
Post a Comment