7/22/2011

होस् गर विदेश हिंड्नुभन्दा पहिला भरौटेहरुले जालमा पर्लान्

शालिकराम आचार्य
नेपालको बिग्रिएको  हालत  सुधार्नको लागि नकाम सरकार  साथै  देशमा रोजगारी नहुनुको कारणले  लाखौ लाख युबायुवती बिदिसिने लहरको लहर जारी छ । साथै युवायुवतीहरुको  चाहना पनि दिन दिन  बढ्दै गैरहेको छ यति मात्र होइन गाउँ घरका सोझा साझा  युवा युवतीहरुलाई बैदेशिक रोजगारको नाममा मेनपावरहरुले लुटैदै  श्रमिकहरुलाई कमाईको जरिया बनाएका छन ।
यो काम मेनपावर र श्रमिक  दुवैको बीचमा  बसेको दलालहरु  गरिरहेका छन्  र यो क्रम दिन दुगुना र रात चौगुनाको हिसाबले बढिरहेको छ । देशमा रोजगारको कमि  लगायत केहि धेरै धन  कमाउने रहर  र आफूले जरुरत परेको सामानलाई आफन्त सँग  माग्न नपरोस् भन्नी सोच सहित नेपाल देखि धेरै महिलाहरु ओमान लगायत खाडीका लगभग सबै मुलुक र  अरु युरोपिए देशहरुमा पनि  बिदेशीने क्रम जारी छन् र महिलाहरुको त लाइन झन् लमिदैछ । झुटा आश्वासन र नक्कली जीबनस्तरको भाग दौडमा आफ्नो लागि नंगपालिस र लाली किन्ने पैसाको अभावले पनि कतिपय महिलाहरुलाई  विदेशसिने बाध्यता भएको हो  भन्न सकिन्छ  । र कतिपय महिलाहरुलाइ  घरको जिम्मेदारी घरमा श्रीमानको हेला श्रीमान न भएको कारणले गर्दा बिदेसिनु परेको छ । केही महिलाहरुलाई धेरै आपत् परेको हुन्छ  ।
नेपालबाट भारत दिल्ली हुँदै  ओमानको सलालाहामा पुगेकी नाम नखुलाउने शर्तमा एक महिला भन्छिन् ओमानमा आउनको लागि ५५000 हजार लगाएर यहाँ पुगेको यहाँ पनि ३ मैनाको तलब दिएको छैन । किन नदिएको  ? भन्दा तँलाई यहाँ ल्याउनलाई लागेको  खर्च हो भन्छ मलाई यहाँ ओमानबाट भिषा पठाउने  दाईले । अनि बेतन पनि ७० रियल भनेको ५० रियल  मात्र दिन्छ । महिनामा २ ओटा  छुटी भनेर आयको तर ३ वर्षमा एक घण्टा पनि  छुट्टि दिएको छैन ।
यसैगरि ओमानमा यस्ता यस्ता धरै समस्याहरु छन् जो की एक नेपाली दलालले सिर्जना गरेका छन् । ओमानमा भैरहेका घटनाहरुलाई हेर्ने हो भने प्रार्य जसो दलालीहरुबाट नै भएको गल्ति सामुन्ने  आउँछन् । जबकी आफूले ल्याई  सकेपछि  उसको जिम्बारी लिनु सट्टा उल्टै आफूले ल्याएकोलाई साहुकै अगाडि  झर्पाने, पिट्ने  काम गरि रहेका छन् । आफ्नो सम्झिएर ती दलाल माथि पुरा भोरोसा गरि आफ्नो सर्वस्व सुम्पिएका हुन्छन तर बिपरित  नेपाली दलालहरु नेपालीत्वको औचित्यलाई नै बिदेशी धर्तीमा बिदेशीको अगाडी नै उडाएका छन् । अलिकता धनको लालचको पछि र आफ्नो हैकम र धनको  मातमा परेर नेपाली चेली तथा दाजुभाईहरुलाई इस्तमाल गरिरहेका छन् । 
सललाहमा सुजिताको नजिकै  ओमानीको घरमा  कार्यरत एक महिलाको अनुशार सुजिताको आत्मा हत्यामा पनि उसलाई  ल्याउने  दलालको पुरा गल्ति छ ।  उनका अनुसार  नेपालीहरुले नै नेपालीहरुको लुटपाट मच्चाएका छन्  । स्मरण रहोस  सुजिता पनि यस्तै दलालको प्रलोभनमा परि  २०६७ को पौष महिनामा आफ्नो श्रीमान खुमबहादुर सहित चार छोराछोरीलाई राम्रो काम गरेर धेरै पैसा पठाउने सपनासहित ओमानको सलालहमा पुगेकी थिइन् । करिब ३ महिना जति काम गरि तलब  नपाउनु र घरबाट  श्रीमान खुमबहादुरबाट बारम्बार पैसा पठाउने जोरलाई सहन नसकी बारम्बार आफूलाई ल्याउने दिदीलाई  गुहारीकी  थिइन् कतैबाट केहि राहत नपाएपछि  उनले आत्माहत्या अख्तियार गरेकी थिइन्  जसको पार्थिब शरिर  असार २३ गते  नेपाल पुगेको थियो । यति हुँदाहुँदै  पनि नेपालको सम्बन्धित निकायले कुनै पनि कदम चाल्न सकेको छैन  ।
यसप्रकार मानव तस्करहरु ओमानमा मात्र नभई खाडीका अन्य देशहरुमा पनि जालो बिछाएका छन् । नेपालीहरु पनि यिनीहरुको जालोमा फसेको फस्यै छन् । दिनहुँ  आउने समाचारहरुको हेलच्क्रयाई गरि धेरै पैसा कमाउन चाहानेहरु साबधान…!  नेपालीले नै नेपालीहरुलाई लुटेका छन् होस् गर विदेश हिंड्नु भन्दा  पहिला भरौउटेहरुले  जालमा पार्लान्..........।

No comments:

Pages