प्रेम स्याङतान तामाङ
वैदेशिक रोजगारीका सिलसिलमा दोहा आईपुगेका महोत्तरी जिल्ला, सिंहगयी गाविस, वडीमेल–८, का ५१ वार्षिय भिखारी राय दोहा स्थित विगत एक वर्षदेखि विना तलव काम गर्न बाध्य भएका छन् ।
कतारस्थित ब्यवसायी संघका अध्यक्ष तथा नेपाल ईन्जिनियर एशोशिएसन कतार च्याप्टरका सल्लाहकार समेत रहेका इं. राजीव डंगोलको कम्पनीमा सन् २००८ देखि सो कम्पनीमा कार्यरत रहँदै आएका हुन् । गाउँकै शत्रुघन यादवले पठाएको भिषामा दोहामा आएका भिखारीले यहाँ आएर पन्ध्र सय रियाल भिषाको पैसा तलववाट पाँच पाँच सयका दरले प्रति महिना काटेका वताए ।वैदेशिक रोजगारीका सिलसिलमा दोहा आईपुगेका महोत्तरी जिल्ला, सिंहगयी गाविस, वडीमेल–८, का ५१ वार्षिय भिखारी राय दोहा स्थित विगत एक वर्षदेखि विना तलव काम गर्न बाध्य भएका छन् ।
एक वर्ष अजिजिय स्थित लेबरको रुपमा कार्यरत हुँदा हुँदै उनलाई सनैया पुर्याएका थिए ।सुक्ख ६ सय कतारी रियालमा काम गर्दे आएका पिडीत भिखारीलाई भोली दिन्छु, एक हप्ता पछि दिन्छु भन्दै एक वर्ष सम्म तलव नदिई काम लगाउन सफल भएका छन् । के गर्नु हजुर दिन्छु भन्ने पछि विश्वास गरे विश्वासै विश्वासले गर्दा मेरो एक वर्ष विना तलव खेर गयो । कति दिन त खाना पनि पाईएन मलिन अनुहार वनाउँदै भने । उनले सम्पूर्ण काम गरेका टाईम कार्डको फाईल सहित नेपाली नियोगमा आईपुगेका भिखारीलाई नियोगवाट सक्दो न्याय पाउने आशामा रहेका छन् ।
कतार ब्यवासायी संघका अध्यक्ष राजीव डंगोलले तिमिलाई मार्दिन गरीवको पैसा खाँदिन भन्दै यसरी एक वर्ष सम्म तलव नदिंदा उनको घरमा श्रीमति र दुई छोरीले ऋण काटेर खाँदै र छोरी पढाउँदै आएको पिडीतले वताए । उता घरमा ऋण लागेको छ यता काम गरेर वापत तलव पाएको छैन् म के गरु हजुर भन्दै दूतावासको शरण न्याय माग्न आईपुगेका हुन् । एक वर्षसम्म कतार रेडिमिक्स कम्पनीमा कार्यरत धनुषा र सिराहका साथीहरुले उनीहरुकै मेसमा हरेक दिन खाना दिएर सहयोग गरेका वताए । एक पटक अगष्ट देखिको तलव नदिए पनि डेसेम्वर देखिको तलव दिएर अगष्ट देखिको तलव लिएको सही गर्न लगाए पनि उनले त्यसो नगरेको वताए ।
तलव नै नलिई कसरी लिए भनेर सही गर्नु त्यही भएर सही पनि गरिन र तलव पनि लिईन् । पिडीतको हक अधिकारलाई संरक्षण गर्दे नेपाली नियोगवाट पिडीतलाई क्षतिपूर्ति दिलाउने कार्य अगाडी वढाईसकेका छन् ।
No comments:
Post a Comment