4/17/2011

किन घटे मलेसिया जाने कामदार

डि.बी संघर्ष क्वालालम्पुर । पछिल्लो आठ महिनामा रोजगारीका लागी मलेसिया आउने नेपाली कामदारको संख्या ७४ हजार २ सय ९४ पुगेको छ । नेपाली दूतावास मलेसियाको श्रम डिपार्टमा रहेको तथ्यांकलाई आधार मन्ने हो भने गत साउन महिनामा १२ हजार २ सय ९६ जना मलेसिया आएका थिए ।
भदौं महिनामा १० हजार ७ सय १४ असोज महिनामा ९ हजार ७ सय ३० कात्तीक महिनामा ९ हजार २ सय १५ मंसिर महिनामा ९ हजार ५ सय ९२ पुष महिनामा ९ हजार ६ सय ४१ माघ महिनामा ६ हजार १ सय ७६ र फागुन महिनामा ६ हजार ४ सय ३० कामदार मलेसिया आएका थिए ।
यस अघिका १२ महिनामा १ लाख ११ हजार ६ जना कामदार रोजगारीका लागी मलेसिया आईसकेको श्रम सहचारी सुर्यनाथ भण्डारीले जानकारी दिनुभयो । अघिल्लो १२ महिना र पछिल्लो ८ महिना गरि मलेसिया आउने कामदारको संख्या २० महिनामा १ लाख ८६ हजार पुगेको हो । पछिल्ला दुई महिना माघ र फागुनमा मलेसिया आउने कामदारको संख्या घटेर पछिल्लो आठ महिनाको सुरुवाती महिना साउनको आधामा झरेको छ । साउनमा १२ हजार २ सय छयानब्बे जान मलेसिया आएका थिए भने अन्तिम महिना फागुनमा ६ हजार ४ सय ३० जना मात्र आएका छन् ।
मलेसियामा नेपाली कामदारको माग संख्या अबका दिनमा यसरी नै घट्दै जाने आशंका गरिएका बेला श्रम सहचारी भण्डारी भने यो स्वीकार गर्न तयार हुनुहुन्न उहाँ भन्नुहुन्छ– ‘माघ र फागुनमा मात्रै मलेसिया आउने कामदारको संख्या घटेको हो अरु महिना बराबर नै आएका छन् ।

No comments:

Pages