4/18/2011

पम्पबाटै तेल गायब

बजारमा अहिले तेलको हाहाकार मच्चिएको छ । सर्वसाधारणहरु घण्टौं लाइनमा बसेर पनि पेट्रोलर डिजेल पाउन सकेका छैनन् । निजीस्तरका पेट्रोल पम्पहरुमा पेट्रोल, डिजेल छैन भन्ने सुचनाहरु टाँपिसएका छन् भने सरकारी निकायका पेट्रोल पम्पहरुले पनि माग बमोजिम इन्धन आपूर्ति गर्न सकिरहेका छैनन् ।
यता नेपाल आयल निगमले बजारमा देखिएको पेट्रोलियम पदार्थको अभाव कृतिम प्रकृतिको भएको भन्दै निगमले अहिले माग अनुसारकै आपूर्ति गरिरहेको दाबी गरेको छ । काठमाडौंमा माग अनुसारकै पेट्रोलियम पदार्थ आपूर्ति भइरहेको छ, आइतबार रिपोर्टर्स क्लवको साक्षात्कारमा निगमका कार्यकारी अध्यक्ष दिगम्बर झाले भने, झाको भनाईमा भारतबाट आपूर्तिमा कटौति गरेको समाचारले पेट्रोल पम्पहरुले लुकाएको र उपभोक्ताहरुले पनि आवश्यकता भन्दा बढी सञ्चय गरेकोले बजारमा अभाव भएको हो। निगमले राजधानीमा प्रतिदिन २ सय ४० किलो लिटर डिजल र पेट्रोल आवश्यक भएकोमा चैत २८ गते ४ सय ३६ किलो लिटर, चैत ३० गते ३ सय ४३ र बैशाख २ गते ३ सय ३७ किलो लिटर उपलब्ध गराएको उनले दाबी गरे ।
झाले परल मुल्य ९वितरण हुने स्थानसम्म ल्याई पुर्‍याउँदा पर्ने मुल्य० अनुसार पेट्रोलियम पदार्थको मुल्य कायम नभए नियमित आपूर्ति गर्न नसक्ने चेतावनी दिए । परल मुल्यभन्दा कम मुल्यमा विक्री गर्नु पर्दा दिन प्रतिदिन घाटा चुलिँदै गएको कारण माग अनुसारको आपूर्ति गर्न नसकिएको उनको भनाइ छ ।

No comments:

Pages